0
पोखरा मल व्यवसायी संघ को दोस्रो साधारण सभा तथा पारीवारीक वनभोज कार्यक्रम लेखनाथ ४ माझाको मूल गुदे तालमा सम्पन्न गरेको छ । साधारणसभामा करीव ६० जना व्यवसायीको उपस्थिति रहेको थियो । संघले  सधारणसभा बाट वार्षिक प्रतिवेदन हरुमा छलफल गर्दे पोखरा मल पृथ्वीचोकलाई उत्कृष्ट व्यवसायिक गन्तव्य बनाउनुको साथै व्यवसाय प्रर्वद्धन तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गर्ने १६ वुँदे कार्ययोजना पारित गरेको छ । साधारण सभाको उक्त अवसरमा  हालसालै मात्र पोखरा आएका जिल्ला प्रहरी प्रमुख हरिबहादुर पाल र नेपाल वैंक पृथ्वी चोक शाखाका प्रमुख धिरज राईलाई संघले स्वागत तथा सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएको थियो । संघले वर्ष भरि विभिन्न जिम्मेवारीको संयोजकको रुपमा भूमिका निवार्ह गर्ने १६ जना सदस्य र व्यवसायी परीवारका सदस्य गोविन्दनाथ योगीलाई नेत्र अधिकृतमा बढुवा भएकोमा मायाको चिनो सहित सम्मान गरेको थियो । संघको वार्षिक साधारण सभाले संघको कार्य समितिमा रिक्त सदस्यमा केदारनाथ अधिकारी, रामजी प्रसाद बराल सावित्री क्षेत्री तथा हरि ओम भोजनालयका प्रतिनिधिलाई कार्यसमिति सदस्यमा सर्व सहमतिबाट चयन गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरि बहादुर पालको प्रमुख आतित्थ्यता र सघंका अध्यक्ष किसान सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष सुनारले संघ व्यवसाय सँगै सामाजिक उत्तर दयित्वलाई वहन गर्दे समाजमा विभिन्न खालका रचनात्मक क्रियाकलाप संचालन गर्नेका साथै व्यवसायिक हकहित र व्यवसायिक सुरक्षाको निम्ति संघ सदैव लागिरेहने बताए । कार्यक्रममा प्रमुख अतिथि पालले व्यवसायी हरुलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिने गरी काम गर्नुका साथै संस्थालाई सफलताको शुभकामना दिएका थिए । उक्त अवसरमा नेपाल वैंक लिमिटेडका पृथ्वीचोक शाखा प्रमुख धिरज राई, संस्थाका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगर, पोखरा मल संचालक अध्यक्ष नन्दु तिवारी लगायतले आ–आफ्ना भनाइ राखेका थिए । संघका द्वितीय उपाध्यक्ष राधिका योगीले स्वागत मन्तव्यरसंघका प्रथम उपाध्यक्ष नविन किरण भुषालले कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

 
Top