0
लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको आयोजनामा स्याङ्जा जिल्ला मल्याङ्गकोट–१, दार्सिङ्गमा निःशुल्क आँखा शिबिर सम्पन्न भयो । कार्यक्रम क्लबका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको शिविरमा २ सय जना आँखाका बिरामीको निःशुल्क उपचार गरिएको र मोतीया विन्दुका बिरामीलाई निःशुल्क अपरेशन सफल भएको कार्यक्रम संयोजकले जानकारी दिए । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग र उपकार युवा क्लव मल्याङ्गकोटको व्यवस्थापनमा गरिएको सो शिविरको संचालन न्यूरोड चौतारीका सचिव नगेन्द्र पोख्रेलले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिफ एरिया को–अर्डिनेटर शान्त कुमार श्रेष्ठले आँखा शिविरको आयोजना गरेर न्यूरोड चौतारीले निकै राम्रो सेवाको कार्य गरेको बताए । कार्यक्रमका समाजसेवी शिवकुमार गिरी, देवकुमार खाँणले पनि यस्ता थप कार्यक्रम ल्याएर गाउँलेलाई सेवाको कार्य गर्ने अपेक्षा गर्दै क्लवको आगामी कार्यक्रमको सफलताको शुभकामना दिए । क्लवका अध्यक्ष गिरीले स्वास्थ्यको क्षेत्रमा विशेष कार्यक्रम स्वरुप मातृ शिशु स्वास्थ्यको उपकरणहरु यसै बर्ष पश्चिमाञ्चल अस्पताल, पोखरालाई लायन्स क्लव अफ न्यूरोड चौतारीले उपलब्ध गराइने र क्रमशः देशैभरि विस्तार गर्दै लगिने जानकारी गराए । शिविरमा आवश्यक औषधि, चश्मा र विरामीको अपरेशन एवं सम्पूर्ण परीक्षण समेत निःशुल्क गराइएकोमा कार्यक्रमका स्थानीय संयोजक एवं समाजसेवी तथा मल्याङ्गकोट पोखरा सम्पर्क सदनका अध्यक्ष नेत्र बहादुर सेनले लायन्स क्लबले ठूलो गुन लगाएको बताए । कार्यक्रममा पवित्र मणि पोखरेलले स्वागत, अध्यक्ष अर्जुन गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।
यसैगरी लायन्स क्लव अफ पोखरा भैरबले हिमाली क्षेत्रमा रहेको लमजुङ्गको जनता मा.वि. राइनासकोट, कुडुलेलाई एक कार्यक्रमका बीच खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । लायन्स क्लव अफ पोखरा भैरब र सुन्दर बजार लमजुङ्गको संयुक्त आयोजनामा गरिने निःशुल्क आँखा अप्रेशन शिविरको अवसरमा पोखरा भैरबले उक्त सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि एवम् २०१४।१५ का जोन चियरपर्सन सम्मरबहादुर श्रेष्ठले  सहयोगले विद्यालयको खेलकुद क्षेत्रमा राहत पुगी स्वस्थ्यका लागि खेलकुद भन्ने नारालाई गाउँदेखि शहरसम्म पु¥याउन सहयोग पुग्ने बताए । क्लवका सदस्यहरुले सहयोगस्वरुप संकलन गरेको रकमबाट भलिबल, नेट, स्केटिङ्ग, रिङ्ग, कापी कलम जस्ता सामानहरु हस्तान्तरण गरिएको थियो ।  .कार्यक्रममा लायन्स क्लव अफ सुन्दरबजार लमजुङ्गका अध्यक्ष ला.हरिकृष्ण पन्त, जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङ्ग, लाय रामबाबु श्रेष्ठ लगायतले पोखरा भैरबले हस्तान्तरण गरेको सामाग्रीहरुले विद्यालयलाई राहत पुग्ने बताए । लायन्स क्लव अफ पोखरा भैरवका अध्यक्ष सञ्जय कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वगत प्रथम उपाध्यक्ष बुद्ध बहादुर उदास र कार्यक्रमको संचालन सचिव विनोद द्वाले गरेका थिए ।

Post a Comment

 
Top