0
लायन्स क्लब अफ पोखरा पिस चौतारीको लायन वर्ष २०१५÷१६ को लागि निर्वाचन
सम्पन्न भएको छ । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सम्पन्न निर्वाचनले
धनञ्जय पौडेलको अध्यक्षतामा लायन वर्ष २०१५÷१६ का लागि नयाँ कार्यसमिति गठन
 गरेको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा दीपेन्द्र शर्मा, द्वितीय उपाध्यक्षमा
 जीवनबहादुर क्षेत्री, तृतीय उपाध्यक्षमा मगनलाल श्रेष्ठ, सचिवमा प्रेम
दाहाल र कोषाध्यक्षमा भरत गिरी निर्वाचित भएका छन् । त्यस्तै मेम्बरसीप
चियर पर्सनमा फणिन्द्र तिमिल्सिना, टेमरमा सञ्जीव पौडेल, टेल ट्वीस्टरमा
विनायक रञ्जित, पीआरओमा रामकुमार लामिछाने  रहेका छन् । यसैगरी
निर्देशकहरूमा नीरबहादुर थापा, विष्णु ढुङ्गाना, तिलक बहादुर प्रधान,
अर्जुन सिग्देल, डा. डिलाराम लामिछाने,केशव ज्ञवाली रहेका छन् ।
निर्वाचन सम्पन्न गर्नका लागि क्लवका पूर्व अध्यक्ष बुद्धि मल्ललाई
निर्वाचन आयुक्त तोकिएको थियो । क्लवका अध्यक्ष डा. विष्णु प्रसाद
चापागाइँले आफ्नो कार्यक्रममा गरेका कामहरुको विवरण प्रस्तुत गर्नुका साथै
आगामी नेतृत्वले गर्नुपर्ने कामका बारेमा चर्चा गरेका थिए । पिस चौतारी
लायन्स क्लवलाई पोखराका अन्य लायन्समध्ये उत्कृष्ट संस्थाको रुपमा चिनिन्छ
भने नेपालका क्लवहरुमध्ये उत्कृष्ट १० मा पर्ने बताइन्छ ।

Post a Comment

 
Top