0
ऋषिराम रानाभाट स्मृति पुरस्कार–२०७० साहित्यकार अम्बिका भण्डारीलाई प्रदान
 गरिने भएको छ । ऋषिराम रानाभाटको परिवारद्वारा २०६६ सालमा स्थापित तीन
कोषमध्ये स्याङ्जाका दुई विद्यालयमा स्थापित अभिभावक स्मृति कोष र निदाऋ
स्मृति कोषले सोही विद्यालयका छात्रछात्रलाई छात्रवृत्ति प्रदान गर्दै आएकाछन् ।   ऋषिराम पुरस्कार हरेक वर्ष एक जना वाङ्मयिक साधकलाई पुरस्कृत
गरिँदै आएकोमा पाँचौ पटक भण्डारी पुरस्कृत हुन लागेकी हुन् । ऋषिरामको
स्मृतिमा परिवार द्वारा स्थापित अक्षय कोषमा ५० हजार राशीको छ । अक्षयकोषको रकमबाट प्राप्त ब्याजमध्ये नगद दुई हजार दुई सय २२ र सम्मान पत्रसहित सो
पुरस्कार सङ्घर्षमा कलम साहित्य समाज पोखराबाट सञ्चालित हुँदै आएको छ ।
कोषका संरक्षक असफल गौतमको अध्यक्षतामा शनिबार बसेको बैठकले ढिकुरपोखरी–९,
ठूलाचौरमा जन्मेर एक दशकदेखि साहित्य सिर्जनाका क्रियाशील भण्डारीलाई उक्त
पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त कोषको रकम वृद्धि सँगसँगै
पुरस्कारको राशी पनि वृद्धि गरी पुरस्कारलाई राष्ट्रिय स्तरको बताउने
बैठकले निर्णय गरेको छ । भण्डारीका लोकछन्दका फूलहरू कवितासङ्ग्रह (२०६७),
आफ्नो गाउँ आफ्नै हुन्छ खण्डकाव्य
(२०६८), तेस्रो पाइला कविता सङ्ग्रह (२०६९), आमाको सम्झना तीजगीत (२०७०)
लगायतका कृति प्रकाशित छन् । हेमजा साहित्य प्रतिष्ठान, नेपाल
काव्यसंस्कृति प्रतिष्ठान, नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, दिपज्योति आमा
समूह, ढिकुरपोखरी समाज पोखरा सांस्कृतिक परिवार, साहित्यिक चौतारी
ढिकुरपोखरी, सुनाखरी सन्देश साहित्यिक पत्रिका लगायतका संघ, संस्थामा आवद्ध
 भण्डारी एक दर्जन बढी सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।
आफ्नो जीवनकालमा कहिल्यै दोस्रो स्थान हुन नपरेका मेधावी रानाभाटको
स्मृतिका स्थापित उक्त पुरस्कार यस अघि दुई हरफ कवितासङ्ग्रहका लागि
दुर्गाबहादुर शाह ‘बाबा’ (२०६६), युवा साहित्यकार मिलन समीर (२०६७),
साहित्यिक पत्रकार सरस्वती शर्मा ‘जिज्ञासु’ (२०६८) र गायक तथा सङ्गीतकार
एनजे सागर शाह (२०६९) पुरस्कृत भइसकेका छन् ।

Post a Comment

 
Top