कास्कीको कालिका गाविसका ८० बर्ष नाघेका जेष्ठ नागरिकलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । कालिका गाविस कार्यालयले आयोजना गरेको कार्यक्रममा गाविसका ८१ जना बृद्घबृद्घाहरुलाई दोसल्ला तथा नगदको साथ सम्मान गरिएको हो । गाविसले केही बर्ष यता हरेका बर्ष बृद्घबृद्घाहरुलाई सम्मान गर्दै आइरहेको गाविस सचिव शोभाखर ढकालले जानकारी दिए । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिविस कास्कीका योजना अधिकृत कृतनराज पौडेलले गाविसले गरेको सम्मानले बृद्घबृद्घाहरुमा आत्म विश्वास बढ्ने बताउँदै बृद्घबृद्घाहरुलाई बोझ ठान्न नहुने धारणा राखे । कार्यक्रमका विशेष अतिथि नेकपा एमाले कास्कीका जिल्ला कमिटी सदस्य बैन बहादुर क्षेत्रीले, बाबुआमाको सम्पत्तिमा छोराछोरीको हक लाग्छ भने छोराछोरीको सम्पत्तिमा पनि बावुआमाको हक लाग्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाली काङ्ग्रेसका गाविस सभापति राजेन्द्र त्रिपाठी, नेकपा एमालेका गाउँ कमिटी सचिव नारायण प्रसाद त्रिपाठी, एमाओवादी का एकबहादुर कार्की लगायतले बोलेका थिए । कालिका गाविसका सचिव शोभाखर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन माधव ढकालले गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment