जिल्ला सहकारी संघ कास्कीले ५८ औं राष्ट्रिय सहकारी दिवस यहि चैत्र १८, १९ र २० गते तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ । आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी भन्ने नाराका साथ मनाइने लागेको सहकारी दिवसका अवसरमा चैत्र १८ गते रक्तदान, १९ गते सहकारी संघ–संस्थाको आ–आफ्नो परिसरमा सरसफाइ र २० गते मानव अधिकारचोक चिप्लेढुङ्गाबाट नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्म प्रभातफेरि कार्यक्रम गरिने जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । सहकारी दिवस मनाउनका लागि तिवारीको संयोजकत्वमा ५६७ सदस्यीय मूल समारोह समिति र २१ सदस्यीय कार्यसम्पादन तथा सचिवालय समिति बनाइएको छ भने विभिन्न १० वटा उपसमिति गठन गरिएको छ, जसअनुसार मञ्च व्यवस्थापनमा कृष्ण प्रसाद बराल, ¥याली व्यवस्थापनमा सावित्रा कोइराला, प्रचार–प्रसारमा सुदीप ढकाल, अर्थ संकलन तथा व्यवस्थापनमा हरिभक्त पौडेल, रक्तदान कार्यक्रममा बलराम गौतमलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
यसैगरी अनुगमन तथा मूल्याङ्कन उपसमितिमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, पिउने पानी व्यवस्थापनमा सुवर्णमान नकर्मी, वृद्धाश्रममा सहयोग समन्वयमा रविरमण तिवारी, स्वास्थ्य उपचारमा रामबहादुर बयलकोटी र स्टल व्यवस्थापनमा धर्मराज अर्याललाई संयोजक तोकिएको जिल्ला सहकारी संघका प्रवन्धक भोजराज घिमिरेले जानकारी दिए ।
विभिन्न विषयगत सहकारीहरु सम्बद्ध संस्था कास्की बचत तथा ऋण सहकारी संस्था लि., सप्त गण्डकी दुग्ध उत्पादक सहकारी संस्था लि., कफी उत्पादक सहकारी संघ लि., उपभोक्ता सहकारी संघ, कृषि सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र जिल्ला सहकारी संघ कास्कीको बिहीबार सम्पन्न संयुक्त बैठकले उल्लेखित कार्यक्रम तय गरेको हो । बैठक संघका अध्यक्ष तिवारीकै अध्यक्षतामा सम्पन्न भएका

Post a Comment