0
पञ्चासे आदर्श क्लब कास्की सातौं खैरेनीटार महोत्सवअन्तर्गत जारी खुल्ला पुरुष भलिबल प्र
तियोगिताको फाइनलमा प्रवेश गरेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार एकाइ र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा नवयुनाइटेड क्लब खैरेनीटारलाई ३–२ को सेटमा पराजित गर्दै पञ्चासे आदर्श क्लब कास्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–१७ ले जितेको नवयुनाइटेड क्लब तेस्रो सेट २४–२६ र चौथो सेट २९–३१ ले गुमाउँदै पञ्चासे आदर्शलाई पाँचौं सेटको निम्तो दियो । पाँचौं सेटमा भने उत्कृष्ट पुनरागमनका साथ पञ्चासेले १०–५ ले हात पार्दै फाइनलमा स्थान पक्का ग¥यो । शुक्रबार बिहान नौ बजे आँधीखोला स्पोर्टस् क्लब स्याङ्जा हङकङ र शुक्लागण्डकी नगरपालिकाबीच दोस्रो सेमिफाइनल खेल हुने बताइन्छ ।

Post a Comment

 
Top