पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको सरुवा भएको छ । पोखरा आएको पाँच महिना पनि नबित्दै उनको नुवाकोट सरुवा भएको हो । उनको ठाउँमा उदय राना मगर आउने भएका छन् ।
बराल बिहीबारमात्र फिलिपिन्सको भ्रमण पछि नेपाल फर्केका छन् । बरालले आफू बिहीबार दिउसो मात्र नेपाल आएकोले सरुवाबारे थाहा नभएको बताए ।
यद्यपि स्रोतले भने राजनीतिक खिचातानीमा परेकाले उनको सरुवा भएको जानकारी दियो । स्थानीय विकास मन्त्रीसँग निकट रहेका केही व्यक्तिको चलखेलका कारण उनको सरुवा भएको बताइन्छ । उनलाई वामपन्थीको आरोप लगाएर सरुवा गरिएको हो । तर, उपमहानगर पालिकाका एक अधिकृतले चाहिँ उनी कुनै ‘वाद’को पछि लाग्नेभन्दा पनि एक सक्षम र सबैलाई मिलाएर लैजाने स्वभावका भएको बताए । यही स्वभाव नै उनको लागि घातक साबित बन्न पुग्यो । विभिन्न गुट र उपगुट तथा चरम राजनीतिकरणको मारमा परेको उपमहानगरपालिकाका केही अधिकृतहरुले आफूलाई असहयोग गर्दै आएको बराल स्वयंले बताएका थिए ।
उनले उपमहानगर पालिका को आन्तरिक सुदृढिकरणका लागि केही नीतिगत र दीर्घकालिन योजनाहरु पनि थालेका थिए । पोखरा उप–महानगरपालिकामा बराल आएपछि उनले मित्रराष्ट्र चीनका केही सहरहरुसँगको सम्बन्ध सुधार गरेका थिए ।

Post a Comment