काठमाडौंको प्रदर्शनी मार्गमा प्रधान
कार्यालय रहेको रिलायन्स लोटस फाइनान्सले पोखरामा शाखा सन्चालन गरि कारोबार
शुरु गरेको हो । फाइनान्सले पोखराको महेन्द्रपुलमा मंगलबार चौथो शाखा
स्थापना गरी कारोबार शुरु गरेको हो । शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष
कुशप्रसाद मल्लीले गरे ।
फाइनान्सको अधिकृत पुँजी ६५ करोड रुपैयाँ र
जारी पुँजी ३२ करोड रुपैयाँ छ । ‘फाइनान्सको चुक्ता पुँजी पनि ३२ करोड
रुपैयाँ छ,’ प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले जानकारी दिए ।
फाइनान्सले चालु आर्थिक वर्षको हालसम्म १ अर्ब ६५ करोड रुपैयाँ निक्षेप
संकलन गरी १ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको उनले जानकारी दिए ।
Post a Comment