यसवर्षको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरि नेपाल टेलिकमले आफ्नो सिमकार्ड सहुलियत दरमा विक्रीवितरण गर्न थालेको छ । जसअनुसार विद्यार्थीहरुले एसएलसी परीक्षाको प्रवेशपत्रसंगै आफ्नो वा अभिभावकको नागरिकता तथा सरकारले जारी गरेको परिचयपत्रको प्रतिलिपिका आधारमा एकसय रुपैयाँमा सिमकार्ड दिइनेछ । उक्त सिमकार्डमा एक सय रुपैयाँकै टकभ्यालु र एकसय मेगावाइड बराबरको इन्टरनेट सुविधा दिइने नेपाल टेलिकम पोखरा शेल्स शाखा प्रमुख राजेश रेग्मीले जानकारी दिए । युवा र विद्यार्थीहरु मोवाइल सेवाप्रति आकर्षित बन्दै गएको र इन्टरनेट सेवा पनि मोवाइलबाटै चलाउन थालेकाले सहुलियत योजना ल्याइएको बताउँदै टेलिकम पोखरा कार्यालय प्रमुख अनन्तमान सिंहले यो योजना चैत्रमसान्तसम्म रहने जानकारी दिए ।टेलिकमद्वारा विद्यार्थीहरुलाईसहुलियत
यसवर्षको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरि नेपाल टेलिकमले आफ्नो सिमकार्ड सहुलियत दरमा विक्रीवितरण गर्न थालेको छ । जसअनुसार विद्यार्थीहरुले एसएलसी परीक्षाको प्रवेशपत्रसंगै आफ्नो वा अभिभावकको नागरिकता तथा सरकारले जारी गरेको परिचयपत्रको प्रतिलिपिका आधारमा एकसय रुपैयाँमा सिमकार्ड दिइनेछ । उक्त सिमकार्डमा एक सय रुपैयाँकै टकभ्यालु र एकसय मेगावाइड बराबरको इन्टरनेट सुविधा दिइने नेपाल टेलिकम पोखरा शेल्स शाखा प्रमुख राजेश रेग्मीले जानकारी दिए । युवा र विद्यार्थीहरु मोवाइल सेवाप्रति आकर्षित बन्दै गएको र इन्टरनेट सेवा पनि मोवाइलबाटै चलाउन थालेकाले सहुलियत योजना ल्याइएको बताउँदै टेलिकम पोखरा कार्यालय प्रमुख अनन्तमान सिंहले यो योजना चैत्रमसान्तसम्म रहने जानकारी दिए ।
Post a Comment