0
पोखराबाट १५ वर्ष अघि अमेरिका पुगेका युवा श्री पराजुली गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष बन्ने दौडमा छन् । यसका लागि उनले उम्मेदवारी समेत घोषणा गरेका छन् । यसअघि सोहि कार्यसमितिको बोर्डअफ डाइरेक्टर र त्यसपछि उपाध्यक्षको कार्यभार सम्हालेका पराजुलीले अब हुने एनआरएन अमेरिकाको अध्यक्षका लागि यहि मार्च २३ मा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।  पोखरामा रहँदा राजनीतिक, सामाजिक क्षेत्रमा क्रियाशील रहेका पराजुलीले यसपटकको चुनावमा आफ्नो एजेण्डा नेपालीको समस्या र त्यसको समाधानलाई नै प्रमुख बनाएका छन् । डक्टरले बिरामीलाई सोधेर रोग पत्ता लगाएजस्तै म पनि विशेषज्ञहरुको टोली बनाएर नेपालीहरुको समस्या र समाधान तर्फ लाग्ने उनले बताए । आफू नेपालमा रहँदा र अमेरिकामा रहँदा पनि सामाजिक काममा धेरै समय बिताएकाले नेपाली समाजलाई कसरी सेवा गर्ने भन्ने विषयमा जानकार रहेको उनले स्पष्ट पारेका छन् । आगामी कार्यकाल आफ्नो पक्षमा आउनेमा उनी ढुक्क छन् ।   पराजुली रिजउड नेपाली समाजका पुर्व अध्यक्ष समेत हुन् । एनआरएन अमेरिकामा अध्यक्षका प्रत्यासी श्री पराजुलीको चुनावी प्रक्रिया तीब्र बनाउनको लागि मिलन शाहीले क्याम्पियन म्यानेजर भएर सघाउने भएका छन् । आगामी निर्वाचनमा पराजुली जस्तो संस्थाप्रति निष्ठवान, इमान्दार र सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्नको लागि तन, मन र धन सबैले सहयोग गर्न आफू तयार रहेको शाहीले बताएका छन् । एनआरएन अमेरिकाको चुनावमा वरिष्ठ उपाध्यक्षमा नेदेन डङ्गला शेर्पा, उपाध्यक्षमा रविना थापा र गोपिन्द्र भट्टराई र रविना थापा, सह–सचिवमा संगीता लम्साल सिवाकोटी र सह–कोषाध्यक्षमा प्रकाश सापकोटा र बोर्ड आफ  डाइरेक्टरमा मोहन ज्ञवाली र पर्शराम भण्डारीले समेत उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकाबाट एनआरएनको अन्तर्राष्ट्रिय समन्य समितिमा जानका लागि सानुबाबु सिलवाल र दिल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

Post a Comment

 
Top