ोखराको सहारा क्लवले संचालन गर्दै आएको सहारा एकेडेमीमा थप ९ जना बालक नयाँ शैक्षिक सत्र २०७२ बाट राखिने भएको छ ।
कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा एकेडेमी पोखरा–१७, दोबिल्लामा हाल १२ जिल्लाका २१ जना वालकहरु रहेका छ भने ३० जनाको क्षमता भएकोले यस नयाँ शैक्षिक सत्रमा थप ९ जना वालकहरु राखिने भएको क्लवका अध्यक्ष वीरभद्र आचार्यले गोल्डेन न्यूज दैनिकलाई बताए । क्लवले केही मापदण्डका आधारमा थप ९ जना वालकहरु राखिने जनाएको छ । १० देखि १२ सम्म भई कक्षा ५ देखि ७ सम्म अध्ययनरत भएका, कठिन आर्थिक अवस्था, बाबुआमा दुबै नभएको वा कुनै एकको मृत्यु भएको वा बुवा आमा क÷ख वर्गको अपाङ्गता भएको बालकको शारीरिक तन्दुरुस्ता लगायतको मापदण्ड पुरा भएका वालकहरुलाई एकेडेमीमा राखिने भएको अध्यक्ष आचार्यले बताए ।
यस वर्ष भौगोलिक विकटताका द्वन्द पीडित, तराई मधेश, पिछडिएका वर्गका बालकहरुलाई पहिलो प्राथमिकतामा राखिएको बालक छनौट समितिका संयोजक केशवराज बरालले बताए । क्लवको मापदण्ड पुरा भएका वालकहरुलाई कुनै व्यक्ति तथा संघ संस्थाले देखेको खण्डमा उनीहरुलाई क्लवसम्म ल्याउन संयोजक बरालले आग्रह गरेका छन ।
विगत २०५८ सालबाट संञ्चालित सहारा एकेडेमी हालको तेस्रो ब्याज हो । एकेडेमीमा रहेका वालकहरु सुविधा सम्पन्न भवनमा हाल निशुल्क गाँस, बास र कपासको सुविधा लिई निरन्तर अध्ययन, फुटबल प्रशिक्षण र अतिरिक्त क्रियाकलापमा समेत संलग्न छन ।

Post a Comment