फेवा नव वर्ष महोत्सवलाई सफल पार्न जाउँ है पोखरा अभियान लिएर काठमाडौं, दोलखा र विरगंजको भ्रमणमा निस्केको पश्चिमाञ्चल होटल संघ पोखराको टोली हालै पोखरा फिर्ता भएको छ । यही चैत ८ गते पोखराबाट हिडेको टोलीले काठमाडौं, दोलखा र विरगंजमा पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरी हालै पोखरा फिर्ता भएको हो । अभियानको क्रममा उल्लेखित स्थलका बासिन्दा, पर्यटन व्यवसायी र संचारकर्मीले अभियान र फेवा महोत्सवबारे देखाएको उत्सुकता तथा जिज्ञासाबाट आफूहरु उत्साहीत भएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । अभियानका क्रममा यही चैत २८ देखि आगामी वैशाख २ गते सम्म फेवा किनारको बसुन्धरा पार्कमा संचालन हुन गइरहेको मेलामा सहभागी हुन संघले निम्ता बाँड्दै पोखरा सम्बन्धी प्रचार सामग्री समेत वितरण गरेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment