0
नेकपा एमाले पोलिटव्यूरोका वैकल्पिक सदस्य जगत विश्वकर्माले सार्वभौम संविधान सभालाई एनेकपा माओवादी सहितको मोर्चाको निहीत स्वार्थले अवरोध पु¥याएको बताएका छन् । नेकपा एमाले कास्की सञ्चार शाखाको आयोजनामा सातांै अधिवेशनबाट नवनिर्वाचित प्रेस चौतारी कास्कीको कार्यसमितिलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै नेता विश्वकर्माले संविधान सभाको नियमित कोर्षलाई अगाडि बढ्न नदिने मोर्चाको कुटिल चाल आफै परास्त हुने बताए । एनेकपा माओवादी मोर्चाको आन्दोलनको कुनै औचित्य नभएको उल्लेख गर्दै नेता विश्वकर्माले एमालेको अगुवाइमा संविधान बन्ने विश्वास व्यक्त गरे । संविधान निर्माणका लागि नेकपा एमालले अगाडि सारेको अवधारणा सन्तुलित एवं सर्वस्वीकार्य भएको उल्लेख गर्दै विश्वकर्माले पार्टीको नीति तथा विचारलाई जनसमक्ष पु¥याउन पत्रकारलाई आह्वान गरे । कार्यक्रमका नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी इन्चार्ज मायानाथ अधिकारीले अहिलेको समयमा धेरै सञ्चार गृह व्यवस्थित रुपमा सञ्चालन हुन नसकेको बताए । सञ्चार गृहलाई नयाँ रुपमा सिर्जनात्मक ढङ्गले अघि बढाउनुपर्ने र पत्रकारीताको विकासको लागि प्रेस चौतारीले अगुवाई गर्नुपर्ने उनले सुझाव दिए । सञ्चार शाखाका अध्यक्ष ईन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य तथा बुद्धिजीवी विशेष इलाका इन्चार्ज रामप्रसाद खनाल, प्रेस काउन्सिल नेपालका सदस्य तथा प्रेस स्वतन्त्र सेनानी माधव शर्मा, प्रेस चौतारी कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठ, प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेका थिए ।

Post a Comment

 
Top