0
नेपाल सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मन्त्री डा. महतले मित्रराष्ट्र चीनको राजनीतिक नेतृत्वमा भएको फेरबदलका कारण पोखराको क्षेत्रीय आन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई भएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डलसँग बुधबार पोखरामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री महतले अबको एकमहिना भित्रै पोखरामा विमानस्थलको शिलान्यास हुने स्पष्ट पारेका छन् । यसअघि विमानस्थल निर्माण सरोकार समितिका संयोजक विन्दुकुमार थापाका साथै कास्कीका सभासदहरुले चैत्र महिनाको तेस्रो साता जसरी पनि विमानस्थल शिलान्यास हुने बताउँदै आएका थिए । अर्थमन्त्री डा. महतले अब एक महिनामा विमानस्थल शिलान्यास हुने बताएपछि वैशाख १५ यता विमानस्थल शिलान्यास नहुने निश्चित भएको छ । मन्त्री महतले चिनियापक्षबाट ऋण स्वीकृत हुनासाथ मन्त्रीपरिषदले विमानस्थल शिलान्यासको निर्णय जानकारी दिए । “यो पोखराको मात्र नभएर राष्ट्रकै परियोजना हो, विमानस्थलका लागि अब धेरै कुर्नु पर्दैन ।”–उनले भने । सरकार विमानस्थलको लागि अग्रसर भएर लागेको उनको भनाई थियो ।  हालै विमानस्थल अध्ययनका लागि आएको चिनिया टोलीको प्रतिवेदनपछि नै चीनबाट ऋण सम्झौता स्वीकृतिको पत्र आउने जानकारी प्राप्त भएको उनले बताए । आफू पटकपटक पोखरा आएको र  आफ्नै पहलमा नेपालमै पहिलो पटक वैदेशिक सहायता यहाँको पर्यटनका लागि खर्च गरेको मन्त्री महतले मन्त्री महतले बताए । एशियाली विकास बैंकले दिएको सहायता पोखराको विकासमा खर्च भएको उनको स्पष्ट पारे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास छिटो हुनुपर्ने, जग्गा प्राप्ति ऐन लगायतका व्यवसायसँग सम्बन्धित ऐन निर्माणमा सरकारले ध्यान दिनुपर्ने र विकास बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । अध्यक्ष थापाले विमानस्थल का लागि आवश्यक पर्ने थप जग्गा अधिग्रहणको काम समेत अगाडि बढेको र विमानस्थल निर्माणमा सघाउन पोखरेलीहरु तयार रहेको स्पष्ट पारे । अध्यक्ष थापाले पोखराको सडक स्तरोन्नति, पोखरा–लुम्बिनी र पोखरा–मुक्तिनाथ फास्टट्र¥याक निर्माणबारे ध्यानाकर्षण गराउँदा अर्थमन्त्री मन्त्री डा. महतले पोखरा–जोमसोम सडक स्तरोन्नतिको लागि चिनिया पक्षसँग कुरा अगाडि बढेको जानकारी दिए । पोखराबाट लमजुङ, धादिङ हुँदै रामेछाप हुँदै अगाडि बढ्ने हुलाकी राजमार्गको अध्ययन सुरु भएको र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको सहयोग रकम त्यो परियोजनामा खर्च गर्ने प्रारम्भिक योजना रहेको उनले जानकारी दिए । मन्त्री महतका  अनुसार भारतीय सहयोग रकम मध्य पहाडी लोकमार्गको दिक्तेल–भोजपुर, सुर्केमैदान–रामेछाप, गैडाँकोट–राम्दी,रामेछाप–ओखलढुङ्गा  लगायतका सडक खण्डमा खर्च गर्न सकिन्छ । उनले स्वीकृत भएका, काम सुरु भएका तर सम्पन्न नभएका योजनाहरु बेलैमा सम्पन्न गर्न आवश्यक पर्ने रकम विनियोजन गर्न अर्थमन्त्रालय तयार रहेको जानकारी दिए । “खानेपानी होस् या सिँचाई वा बाटो नै किन नहोस्, योजना आयोगले स्वीकृति दिएको छ भने काम गर्न अर्को साल कुर्नु पर्दैन थप बजेट विनियोजन हुन्छ ।”–उनले भने । मन्त्री महतले तोकिएकै समयमा योजना सम्पन्न गर्न समयमै निर्णय गर्ने क्षमताको विकास गर्नुपर्नेमा पनि जोड दिए । आर्थिक वर्ष असार १ गतेबाट सुरु गर्न सकिने भए पनि आर्थिक वर्ष सुरु हुनुभन्दा एक महिना अगाडि नै बजेट सार्वजनिक भए मात्र विकास बजेट खर्च गर्न सजिलो हुने उनको धारणा थियो । एक अर्को सन्दर्भमा नेता महतल हरेक क्षेत्रमा भएको अति राजनीतिकरणले सरकार कमजोर भएको स्वीकार गरे । “हरेक कार्यक्रममा गयो, लामो भाषण गरेको छ, दलगत स्वार्थको कुरा गरेको छ”, नेताहरुको व्यवहारप्रति लक्षित गर्दै उनले भने–“देश विकास गर्न काम गर्नुपर्छ, सहमतिमा अगाडि बढ्नुपर्छ ।” उनले नेपाली काँग्रेसको आगामी महाधिवेशनमा आफू

Post a Comment

 
Top