0
पोखरामा जारी छैटांै क्यान इन्फोटेक–२०१५ मा सूचना तथा संचार प्रविधि (आइसिटी) क्षेत्रसँग सम्बन्धित नयाँ–नयाँ उपकरण सार्वजनिक गरिएको छ । आयोजक कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान), कास्कीले पोखराको नयाँबजारमा आयोजना गरेको सो मेलामा आइसिटीका नयाँ उपकरणप्रति दर्शकको पनि उत्तिकै चासो बढेको छ । मेलाबाटै एप्पल कम्पनीका विभिन्न एसिसरिजहरु पहिलो पटक पोखरामा बिक्री थालिएको छ भने घर बाहिर रहँदा पनि घरको सुरक्षाका लागि डोर सेक्युरिटी उपकरण सार्वजनिक गरिएको छ । यसैगरी वेवसफ्टले विकास गरेको एमसिक्यू सफ्वेयरमा विशेषगरी विद्यार्थीहरु आकर्षित बनेका छन् । यसैगरी मोवाइलको डाटा रिड गर्ने पेनड्राइडभ (ओटिजी सपोर्ट वन न गो) पहिलो पटक पोखरामा ल्याइएको छ । मोवाइल चार्ज लगायत चार्जका लागि पावर बैंक निकै फलदायी मानिएको छ । मेलामा पेन क्यामेरा, ब्लु तुथ स्पीकर, मात्र सात इञ्चको ल्यापटप, गुगल एन्ड्रोइड वान मोवाइल पनि पहिलोपटक सार्वजनिक गरिएको छ । यसैगरी विभिन्न पेनड्राइभ, ल्यापटप, मोवाइल एसिसरिज, कार्टिज, स्पीकर लगायतमा भारी छुट दिइएको आयोजक क्यान कास्कीका महासचिव एवं मेलाका सूचना तथा संचार प्रवक्ता विश्वास भण्डारीले जानकारी दिए । मेलामा लमजुङका २४ वर्षीय युवा रदी मियाँले निर्माण गरेको नेपाली बाबु नामक रोवोटले दर्शकको ध्यान खिचेको छ । सोमबारसम्म चल्ने मेलामा शनिबार क्वीज कन्टेष्ट सुरु भएको छ । जसमा पहिलो दिन एक सय जनाले भाग लिएको बताइएको छ । मेलाको समापनमा विजेतालाई स्मार्ट फोन पुरस्कार दिइनेछ । मेलामा अनलाइन जबका लागि ३ सय, फ्रि स्कलरसीपका लागि २ सय र हार्डवेयर तालिमका लागि १ सयले फर्म भरिसकेको क्यान कास्कीका सचिव विकास भुर्तेलले बताए । मेलाको शनिबार २५ हजार दर्शकले अवलोकन गरेको क्यान कास्कीका अध्यक्ष गुणनीधि पाण्डेले बताए । मेलामा एक सय १५ वटा स्टल राखिएका छन् । 

Post a Comment

 
Top