0
गंगाधर पराजुली

भारतको राजधानी शहरको रुपमा स्थापित दिल्लीको इतिहास र त्यसको विकासक्रमलाई समेटेर प्रकाशन भएको ‘द सिडक्सन अफ दिल्ली’ कविता संग्रह बजारमा आएको छ ।  भारतीय दूतावासका पीआइसी प्रमुख अभय कुमारद्वारा लिखित उक्त कविता संग्रह काठमाडौं र पोखराका साथै नेपालको विभिन्न स्थानमा समेत उपलव्ध छ । कविता संग्रह अर्थात पुस्तकको आकारमात्र नभएर त्यसभित्र रहेका  ४८ वटा कविता सबै पठनीय र दिल्लीको समग्र परिवेशलाई झल्काउने किसिमका छन् । कविता संग्रहमा अभय कुमारले भारतको दिल्लीको ऐतिहासिक पक्ष मात्र होइन त्यसका विशेषतालाइ सरल र उच्च भाषा शैलीमा प्रस्तुत गरेका छन् । । अंग्रेजी भाषामा प्रकाशित उक्त कृतिमा उच्चस्तरको भाषा रहेपनि बौद्धिक क्षेत्रदेखि युवा विद्यार्थीहरुले समेत सहज र सरल ढङ्गले बुझ्न सक्ने किसिमबाट कविताहरु लेखिएको छ । जसका कारण कविको कवित्व भाव बुभ्mन साहित्यकार हुनै नपर्ने देखिन्छ ।
कवि अभय कुमारले आफ्ना कवितामा दिल्लीको इतिहास, दिल्लीको विकासक्रमका साथै वर्तमान अवस्थाका अतिरिक्त अहिलेको विकसित दिल्ली बनाउनका लागि योगदान पु¥याउनेहरुका बारेमा समेत उल्लेख गरेका छन् । यसका साथै धार्मिक सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, सूचना प्रविधि, उद्योग, व्यापार लगायत विभिन्न क्ष्ोत्रमा दिल्लीको स्थान कुन अवस्थामा छ र विश्वमा नमूना शहरको रुपमा दिल्ली कसरी विकसित भइरहेको छ भन्ने कुरा समेत कवितामार्फत व्यक्त गरिएको छ । पछिल्लो समयमा दिल्लीमा वातावरण संरक्षणको सवालमा भइरहेका रचनात्मक काम र हावा पानी र हरियालीले दिल्लीमा पारेको प्रभावका बारेमा समेत कविता संग्रहमा उल्लेख गरिएको छ । कविता संग्रहमा कवि अभयकुमारले भावनामा नबगिकन दिल्लीलाइ अत्यन्त उत्कृष्ट, रोचक र तथ्यपरक ढंगले चिनाउने प्रयास गरेका छन् । अभय कुमारको कविता संग्रहलाई भारतका प्रसिद्ध कवि जयन्त महापात्रले एउटा स्मरण योग्य र उत्कृष्ट पुस्तक भनि टिप्पणी गरेका छन् भने प्रसिद्ध आइरिस कवि ग्याभरिड रोसनइष्टले अभय कुमारको कविता संग्रहमार्फत दिल्लीलाई सुन्दर फूलको जस्तो किसिमबाट व्याख्या गरिएको उल्लेख गरेका छन् । यसैगरी विभिन्न विद्वान तथा साहित्यकार हरुले समेत अभयकुमारको कृतिलाई उत्कृष्ट कृतिको रुपमा चर्चा गरेका छन् ।
कविता स्रंगहमा आकर्षक शब्द मात्र नभएर कविताले दिने भाव पनि त्यत्तिकै आकर्षक रहेको छ । कविताका पारखी र दिल्लीको बारेमा जान्न चाहनेहरुका लागि  पुस्तिका पल्टाएपछि पढेर सक्न मन लाग्ने किसिमको छ । त्यसैले पनि पुस्तकको अन्तिम तिर केही विद्वानले छोटो रुपमा टिप्पणी गर्दै यो कविता सग्रहले अभयको बौद्धिक उचाइलाइ थप बल दिएको उल्लेख गरेका छन् । दिल्लीदेखि टाढा भएका र एक पटक पनि दिल्ली नटेकेकाहरुले पनि सो कविता स्रगहलाइ एक घण्टा मात्रै पल्टाउनासाथ दिल्लीको इतिहास र वर्तमान तथा समग्र विकासक्रमका बारेमा सजिलै  जानकारी पाउन सक्ने गरी अभय कुमारले कविता मार्फत विभिन्न विषयवस्तु पस्किएका छन । कविताको प्रस्तुति सरलरुपमा रहेकोले पनि साहित्य तथा कवितामा रुचि राख्नेहरुका लागिमात्र नभएर सबैका लागि पठनीय बन्न सक्ने विश्वास धेरैको छ । कविता संग्रहमा दिल्ली, पुरानाकिल्ला, किल्ला इ कन्हा, शेयरमण्डल, कुदडब मीनार, अल्लही मिनार, दिल्ली लौह स्तम्भ, उग्रसेनकी बोली, लोदी गाडेन, शिस गुमबार, सफदजग, टमप, दिल्ली म जस्तै, कर्नाटप्लेस, जन्तरुमन्तर, शान्ति पथ, साउथब्लक, कफी हाउस, शास्त्रीभवन,रविन्द्रभवन, परिक्रमा, जहारलालनेरु विश्वविद्यालय, नेहरु पार्क, दिल्ली अटोरेक्सा, व्यूरोक्रेट्स, सेक्युरिटी गार्डस्, इमिग्रेण्ड इन न्यू दिल्ली, जामोन्स, निम, यमूना, निजामुद्धिन अहुलिया, रहिम, घलिव,  दिल्ली हरियाली, नदी, दिल्ली दरबार, रेल, गीतकार जस्ता शीर्षकमा ४८ वटा कविता छन ।
अभय कुमारको कविता प्रतिको रुचि र कविको रुपमा उनको स्थान जे जस्तो अवस्थामा रहेपनि उनको कृति द सेडक्सन अफ दिल्लीमा र्फत उनलाई एक उत्कृष्ट कविको रुपमा पनि चिन्न सकिन्छ । उनको बारेमा पुस्तकको अन्तिम पृष्टमा विभिन्न व्यक्तित्वहरुले गरेको टिप्पणीलाई अध्ययन गर्दा पनि अभय कुमारको क्षमता सजिलै बुझन सकिन्छ । यसका साथै पुस्तकमा कविताकै माध्यमबाट सबै पक्षलाई समेट्ने किसिमबाट जेजति कुराहरु उल्लेख गरिएको छ ती हेर्दा कवि अभय कुमारको कलात्मक क्षमता र सृजनशीलता लाई अव्वल दर्जाको मान्न सकिन्छ । आगामी दिनमा अभयकुमारले कविता तथा यस्तै कृतिहरुको माध्यमबाट आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चाको शिखरमा ल्याउन सकून यहिनै हाम्रो शुभकामना !



Post a Comment

 
Top