प्रेस चौतारी नेपाल कास्की शाखाले आफ्नो स्थापना दिवस मनाएको छ । सो अवसरमा ‘पोखराको पत्रकारिता र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना ग¥यो । त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेलले पत्रकारिताको विकासको लागि पोखरामा प्रशस्त सम्भावना भएको बताए । उनले पत्रकारहरुले एजेन्डा दिएर नागरिकलाई हिंडाउनुपर्नेमा प्रशासकहरुले पत्रकारलाई हिंडाएको चर्चा गरे । नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष बद्री विनोद प्रतिकले पत्रकारहरुको सेवा सुविधाको साथै स्वतन्त्रताको रक्षा र दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निभाउँदै आएको प्रेस चौतारी नेपाल सबैको आशाका केन्द्र बन्दै गएको बताए । उनले यस क्षेत्रमा पत्रकारिताको विकासमा खेलेको महत्वपुर्ण भूमिकाले प्रतिस्पर्धी संस्थाहरु माझ प्रेस चौतारी अब्बल देखिएको धारणा राखे । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीले पत्रकारले मध्यस्तता गरि दलहरु बीच सम्वादको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । लोक कल्याणकारी विज्ञापन दिएर राज्यको दायित्व पुरा नहुने चर्चा गर्दै अग्रज पत्रकार कार्कीले लोक कल्याणकारी विज्ञापनमा ५ सय प्रतिशत बढाउनुपर्नेमा जोड दिए । नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागिले समाज रुपान्तरणका लागि प्रेस चौतारीका सदस्य क्रियाशिल हुनुपर्ने बताए । उनले कुन दल सहि र कुन गलत र कस्का एजेण्डा सहि भन्ने विषयमा पनि पत्रकारहरु अव खुलेर लाग्नुपर्ने धारणा राखे ।
नेकपा एमाले कास्कीका प्रचार विभाग प्रमुख तेज नारायण अधिकारीले पत्रकारितामा विषयगत विज्ञता र विशिष्टिकरण आवश्यक भएको भन्दै प्रेस चौतारीले योजनाबद्ध रुपमा काम गरेर पत्रकारिताको विशिष्टिकरणको लागि अगुवाई गर्नु पर्नेमा जोड दिए । सञ्चार केन्द्र पोखराका प्रमुख रामप्रसाद तिमिल्सिनाले पत्रकारका समस्याको समाधान गर्न सञ्चार केन्द्रले क्षमताले भ्याएसम्म साथ दिने धारणा राखे ।
प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष श्याम कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा गण्डकी अञ्चल इन्चार्ज हरि बाँस्तोला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, शान्तिका लागि नागरिक समाजका सञ्जालका सह–संयोजक एवं एड्भोकेसी फोरमका संयोजक सरला कुमारी पाण्डे, स्वतन्त्र पत्रकार संघका केन्द्रीय महासचिव कमल पौडेल अथक, क्रान्तिकारी पत्रकार महासंघ कास्कीका अध्यक्ष रुद्र बहादुर श्रीस, प्रेस चौतारी नेपाल कास्कीका उपाध्यक्ष सन्तोष अधिकारी, सचिव माधव बराल लगायतले पोखराको पत्रकारिता र यसमा देखिएका चुनौतिहरुको बारेमा आ–आफ्नो भनाइ राखेका थिए । यसैबीच प्रेस चौतारी नेपाल कास्कीका शाखा प्रेस चौतारीका पश्चिामाञ्चलका शाखाहरुमा उत्कृष्ट भएको छ । २०५५ मंसिर ७ गते बसेको प्रगतिशील पत्रकारहरुको दोस्रो विस्तारित भेलाले विजय चालिसेको अध्यक्षतामा १२ सदस्यीय रहेको तदर्थ कार्यसमितिको गठन गरेर प्रेस चौतारीको स्थापना गरिएको थियो । त्यसपछि २०५६ साल माघ २२ गते काठमाडौंमा भएकोे प्रथम अधिवेशनलाई आधार मानेर हरेक माघ २२ लाई प्रेस चौतारी स्थापना दिवसको रुपमा मनाईदै आएको छ ।

Post a Comment