
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान निर्माणमा आफ्नो पार्टीले राखेको अडान धेरै मूल्यवान् भएको बताएका छन् । एकीकृत माओवादी कास्कीको आयोजनामा शुक्रबार पोखरामा आयोजित ‘संघीय गणतान्त्रिक संविधान निर्माणमा यथास्थिति र प्रतिगामी चुनौती’ विषयक अन्तत्र्रिmयामा बोल्दै नेता भट्टराईले संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा पार्टीले लिएको अडानलाई सुनको संज्ञा दिए । अन्तत्र्रिmयामा बोल्दै नेता भट्टराईले भने–‘कतिपयले अहिले रिजर्भेसन राखेर पछि संविधान संशोधन गर्न सकिन्छ, प्रक्रियामा आउनुस् भन्ने गरेका छन्, तर हाम्रो पार्टीले राज्यको पुरानो चरित्रमा आमूल परिवर्तनको सुनजस्तै मूल्यवान् एजेण्डा छोडेर प्रक्रियामा जान सकिँदैन ।
नेता भट्टराईले जनआन्दोलन को भावना विपरित प्रक्रियामा मात्र जान नसकिने भन्दै प्रक्रियाको मात्र कुरा गर्नेले २०३७ को जनमत संग्रहको परिणामपछि आन्दोलन गरेको विगत सम्झन आग्रह गरे । ‘सधैं प्रक्रिया नै निर्णायक हुँदैन, निर्णायक हुने भए २०३७ सालको जनमत संग्रहपछि कांग्रेस–एमाले लगायतका शक्तिहरुले किन त्यसको विरोध गर्नुपथ्र्याे ? उनको प्रश्न थियो । पहिलो संविधान सभाले असी प्रतिशत काम सम्पन्न गरे पनि गुदी कुरा बाँकी रहेको भन्दै भट्टराईले फलाममा कुरा मिलेको तर सुनमा विवाद रहेको बताए । एक धार्ने फलाम लिएर एक तोला सुन छोड्न सकिँदैन, त्यस्तै राज्यको मुल प्रवाहबाट विमुख पारिएका नागरिकहरुको मुद्दा छोड्न नसकिने उनले बताए ।
आफूहरुले उठाएको संघीयता को मुद्दा जातीय एकाधिकार नभएर जातीय मुक्ति भएको भट्टराइको दावी थियो । नेपालमा खस–आर्यन, मंगोलियन र अष्टोद्रविड समुदायको जनसंख्याका दृष्टिले बराबरी हैसियत छ, तर राज्यको नेतृत्व तहमा खस–आर्यनको मात्र ८० प्रतिशत बर्चश्व रह्यो, यसलाई समानतामा ल्याउने मुद्दा जातीय हुन्छ कि समानता ? उनको प्रश्न थियो । उत्पीडितहरुलाई पहिचान दिँदैमा कसैको केही नगुम्ने भन्दै पहिचानको विरोध गर्नेहरु आधुनिक लोकतन्त्रका विरोधी भएको उनले बताए । विगतका सहमति लत्याएर प्रक्रियामा जान नसकिने भन्दै नेता भट्टराईले विगतका सम्झौताहरुको स्मरण गर्न सत्तापक्षलाई आग्रह गरे । ‘जनआन्दोलनका सहयात्री शक्तिहरुलाई बाहिर राखेर बन्ने संविधानले देशलाई निकास दिँदैन, बहुमतको संविधान जारी गरेपछि देशमा उत्पन्न हुने द्वन्दको जिम्मा कसले लिन्छ रु तसर्थ संविधान अधिकांशका लागि ग्राह्य हुने गरी निर्माण हुनुपर्छ’,–उनले थपे । आफूहरु दिगो संविधानको पक्षमा रहेको भन्दै भट्टराईले एक थान संविधान घोषणा गरी हालौं, पछि देखा जायगा भन्नु बालसुलभ सोच भएको बताए ।
बहुमत नै सत्य नहुने भन्दै नेता भट्टराईले जीवित माछा मात्र पानीको बहावको विपरित दिशामा जानसक्ने दावी गरे । उनले भने,–‘जीवित माछा मात्र पानीको बहावको विपरित दिशामा जान सक्छ, तर मृत माछाहरु पानीको बहावसँगै बग्छन्, अहिले संघीयताको विषय पनि यस्तै भइरहेको छ, आफ्नो अधिकार खोज्दा अरुको अधिकारको ख्याल गर्नेहरुले मात्र पहिचान सहितको संघीयताको वास्तविक मर्म बुझ्न सक्छन् ।’
कार्यक्रममा मानव अधिकारवादी नेता टेकनाथ बराल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, तमुधीं नेपालका अध्यक्ष कर्मा तमु, राष्ट्रिय जनभावना पार्टीका अध्यक्ष सूर्यबहादुर बिखर्ची लगायतले जनआन्दोलनका सहयात्री पार्टीहरु मिलेर संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । एमाओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेल, पोलिट्ब्युरो सदस्य हरिराज अधिकारी, केन्द्रीय सदस्य राजकाजी गुरुङ, संघीय समाज वादी पार्टीका स्थायी समिति सदस्य गणेशमान गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको अन्तत्र्रिmयाको अध्यक्षता एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, सञ्चालन सचिव विष्णु पौडेल र स्वागत जिल्ला समिति सदस्य गुप्त हमालले गरेका थिए ।
Post a Comment