गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरले गर्दै आएको अक्षरयात्राको १ सय १४ औं सृंखला स्याङ्जाको गल्याङमा हुने भएको छ । साहित्यिक पर्यटनको अवधारणालाई आत्मसाथ गर्दै ‘जीवन र जगतका लागि यथार्थ बोध’ भन्ने मुल नाराका साथ हुँदै आएको अक्षरयात्रा श्रृङ्खला माघ १७ गते स्याङ्जाको गल्याङमा हुने भएको हो । प्रत्येक महिनाको तेस्रो शनिबार नेपालका विभिन्न ठाउँमा गर्दै आएको अक्षरयात्रा साहित्यिक अभियानको यो सृंखला स्थानीय संयोजन गजल संगम पकवादी र जगत्रदेवी साहित्य संगम स्याङ्जाले गर्ने भएको छ । स्थानीय पर्यटन र महत्वका विषयलाई प्रचारप्रसार गर्दै साहित्यिक पर्यटनलाई विकास गर्नका लागि साहित्यिक सृजना गरी तद्स्थानमै वाचन गरिने अक्षरयात्रा अभियानको उद्देश्य रहेको गजल सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गानाले जानकारी दिए । गल्याङमा हुने अक्षरयात्रा लागि शुक्रबार पृथ्वीचोकदेखि यात्रा सुरु हुने र गल्याङमा पुगेर स्थानीय आयोजक सँगको सहकार्यमा रात्रिकालिन कार्यक्रम हुने अनि शनिबार अक्षरयात्रा विशेष कार्यक्रम हुने नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले बताए । पोखरा, तनहुँ, पाल्पा र स्याङ्जा गरी अक्षरयात्रा अभियानमा करिव १ सय ५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ । अक्षरयात्राले स्थानीय परिवेश र स्थानीय पर्यटनको उजागर गर्ने तथा स्थानीय स्तरमा रहेका साहित्यकारलाई बाहिर ल्याउने काम गरेको गजल सन्ध्याका सल्लाहकार रुपिन्द्र प्रभावीको भनाई छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment