पोखरा–१२ स्थित शितलादेवी सामुदायिक प्रस्तावित उच्च माविले स्वर्ण महोत्सवको अवसरमा बुधबार भूपू शिक्षक÷विद्यार्थीहरुको पुनर्मिलन तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा विद्यालयद्वारा संचालित शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाइ पुरस्कृत गरिएको थियो भने विभिन्न अक्षयकोषबाट संचालन गरिएका पुरस्कार पनि वितरण गरिएको थियो । विद्यार्थीहरुलाई जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्य, प्राध्यापक टिकाराम कोइराला, शिक्षाविद् मोहनचन्द राजन, बलराम चापागाई, शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिरोमणि बराल, शितलादेवी आमा समूहकी अध्यक्ष अम्बिका बाँस्तोला, संस्थापक अध्यक्ष यादा कार्की लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्यले शिक्षक, अभिभावक र विद्यार्थी वीचको त्रिकोणात्मक सम्वन्धले शिक्षाको विकासमा टेवा पुग्ने बताए । उनले शितलादेवी विद्यालय कास्की जिल्लाको नमुना विद्यालय बन्दै गइरहेको भन्दै सक्दो आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
त्यसअवसरमा पश्चिमाञ्चल का सहक्षेत्रीय प्रशासक दिवाकर बाँस्तोला, विद्यालय निरीक्षक खेमराज पौडेल, स्रोतव्यक्ति विष्णुप्रसाद तिवारी, सरस्वती निमावि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गौतम धैर्य, विद्यालयका सल्लाहकार कृष्ण बहादुर कार्की, विद्यालयका एकेडेमिक प्रिन्सिपल तोलाकान्त न्यौपाने र विद्यार्थी स्वष्तिका पोखरेलले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं
तमु सांस्कृतिक प्रतिष्ठानद्वारा पुरस्कार घोषणा
पार्वता तमु स्मृति पुरस्कारबाट रेडियो नेपालका समाचार सम्पादक, सञ्चारकर्मी शान्ति तमु तथा सँस्कृतिकर्मी स्व.क्या. मीन बहादुर गुरुङ स्मृति पुरस्कारबाट कलाकार बोलमाया तमु सम्मानित हुने भएका छन् । तमु साँस्कृतिक प्रतिष्ठानले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । यसैगरी एसएलसी परीक्षा २०७० का सर्वाेत्कृष्ट अङ्क प्राप्त गर्ने छजना तमु विद्यार्थी र ०७२ सालमा छात्रवृत्ति प्राप्त गर्ने १० जना तमु विद्याथीैको नाम सहित सार्वजनिक गरिएको छ । २०७० को एसएलसीमा सरकारी विद्यालयतर्फ सर्वाेत्कृष्ट अङ्क प्राप्त गर्ने लमजुङका सविन तमु र विपना तमु रहेका छन् भने निजी विद्यालयतर्फ कास्कीका रमेश तमु, रुपन्देहीका ऋषिराम तमु, दाङका दिपेन्द्र तमु र काठमाण्डौका सुसन तमु रहेका छन् । २०७२ सालको शैक्षिक सत्रबाट छात्रवृत्ति पाउने विद्यार्थीमा कास्कीका सोफीया तमु, निसान तमु, संजोक तमु, मौसिमका तमु, सतिस तमु, नवराज तमु, निसान तमु, स्याङ्जाका शान्ति तमु र लमजुङका टीका तमु रहेका छन् । उक्त पुरस्कार तथा छात्रवृत्ति प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा माघ १५ गते प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष चित्र बहादुर गुरुङले प्रेस विज्ञाप्ति वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन सदस्य सचिव श्रीजङ्ग गुरुङले गरेका थिए ।
Post a Comment