0
लायन्स क्लब अफ पोखरा पिस होमले शैक्षिक सामाग्री वितरण तथा अक्षयकोष स्थापना कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ वि १ नेपालका जोन चियरपर्सन दुर्गाप्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा श्री शिव शक्ति प्रा.वि. लेखनाथ, लप्सीडाँडा, कास्कीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिनुका साथै रु. १० हजार रकमको अक्षयकोषको पनि स्थापना गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत अरु प्रतिनिधि, अभिभावक, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ पोखरा पिस होमका अध्यक्ष लायन सुशिला थापाको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा प्रमुख अतिथि जोन चियरपर्सन दुर्गाप्रसाद हुमागाई, श्री शिव शक्ति प्रा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमनाथ अधिकारी, सोही विद्यालयका प्रधानाध्यापक भोजराज पौड्याल, समाजसेवी गणेशबहादुर थापा, तीर्थराज अधिकारी, क्लबका अध्यक्ष सुशिला थापा, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक लायन सुशिला सिग्देल, पिआरओ सरिता दाहाल हुमागाई लगायतले बोलेका थिए । कार्यक्रमको संचालन क्लबका सचिव गीता जि.सी.ले गरेकी थिइन ।

Post a Comment

 
Top