नेपाल एक्सप्रेस फाईनान्स लिमिटेडले भर्खरै सजिलो कर्जा वजारमा ल्याएको छ । ‘सुरक्षित भविष्यको विश्वसनिय आधार नेपेक्स सजिलो कर्जावाट वनाऔ हरेक सपना साकार’ भन्ने स्लोगन राखेको संस्थाले वार्षिक ९.९९ प्रतिशत व्याजदरमा नै कर्जा उपलव्ध गराउने भएको हो । उक्त कर्जावाट उपभोक्ताले गाडी खरिद, वैदेशिक अध्ययन, घरखरिद, घरवनाउन साथै व्यापार व्यवसाय संचालन प्रयोजनको लागि सुविधा पाउने फाईनान्सले जनाएको छ । सो कर्जावाट ग्राहकले अधिकतम फाईदा लिने अपेक्षा संस्थाले गरेको छ । विगत आठ वर्ष अगाडि काठमाण्डौंको सुन्धारमा केन्द्रिय कार्यालय रही शुरु भएको फाईनान्सको चुक्ता पुँजी रु छव्विस करोड एकचालिस लाख छ भने अधिकृत पुुजी रु तिस करोड रहेको छ । चालु आवको दोश्रो त्रैमासमा रु एक करोड छैसठ्ठी लाख संचालन मुनाफा गरेको वित्तिय संस्थाको हालसम्म रुपन्देहीको वुटवल, कास्कीको पोखरा सभागृहचोक, नवलपरासीको अरुणखोलामा र विस्तारित कार्यालय स्याङ्गजाको वालिङ्गमा रही ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment