पोखराकी युवा साहित्यकार सरला लामिछाने ‘सरु’ले अक्षरयात्रा प्रतिभा पुरस्कार पाउने भएकी छन् । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले हरेक बर्ष प्रदान गर्दै आएको प्रतिभा पुरस्कार यस बर्ष लामिछानेलाई प्रदान गर्ने भएको हो । स्याङ्जाको गल्याङमा हुने अक्षरयात्रामा उनलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । तनहुँमा जन्मेर पोखरालाई कर्मथलो बनाउँदै आएकी लामिछानेलाई अक्षरयात्रामा उनको उपस्थिति र साहित्य कर्ममा सक्रिय भएर लागेको भन्दै प्रतिभा पुरस्कार प्रदान गर्न लागेको आयोजकले जनाएको छ । नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाको संयोजकत्व र दीपक समिप, इश्वरमणी अधिकारी, रुपिन्द्र प्रभावी र संस्थाका अध्यक्ष उदिपराज ढुङ्गाना सदस्य रहेको प्रतिभा छनौट समितिले लामिछानेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । लामिछाने रेडियो अन्नपूर्णले गरेको मुक्तक प्रतियोगिता, रेडियो बाराहीले गरेको गजल प्रतियोगिता र जनकल्याण समाज काहुँखोलाले गरेको मुक्तक प्रतियोगितामा उत्कृष्ट भैसकेकी छन् । रेडियो अन्नपूर्णमा पनि आवद्ध लामिछाने मुक्तक मञ्च पोखराकी सचिव पनि हुन । यस पुरस्कारवाट यस अघि प्रकास ज्ञवाली, रुपिन्द्र प्रभावी र कपिल शर्मा पुरस्कृत भैसकेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment