चिप्लेढुङ्गा मिनी मार्केेट व्यापारिक एशोसियशनले विहीबार बृद्वबृद्वालाई खाद्यान्न सामाग्री वितरण गरेको छ । एशोसियशनले पोखरा–१८ स्थित वात्स्यायन बृद्वाश्रमका १२ जना बृद्वबृद्वालाई चामल, चिनी, आटा, दाल, तरकारी गरी झण्डै २० हजार रुपैया बराबरको खाद्यान्न सामाग्री वितरण गरेको सदस्य ईश्वर श्रेष्ठले जानकारी दिए । एशोसियशनका अध्यक्ष तारानाथ अधिकारीको नेतृत्वमा बृद्वाश्रम पुगेको व्यवसायीको टोलीले बृद्वबृद्वालाई खाद्यान्न सामाग्री वितरण गरेका थिए । वितरण गरिएका खाद्यान्न सामाग्रीहरु एशोसियशनमा आवद्व व्यवसायीहरुले आफ्ना परिवारका सदस्यको जन्मदिनको अवसरमा एशोसियशनलाई उपलब्ध गराएका हुन् । एशोसिएशनका महासचिव उमराज बाँस्तोलाले छोरी एलिशा बाँस्तोला, सचिव ओमबहादुर बोगटीले भाई दुर्गेस बोगटी, सदस्य रमा खड्काले छोरी रेश्मा खड्का र अर्का सदस्य कुमार बरालले छोरी खुश्वु बरालको जन्मदिनको अवसरमा खाद्य सामाग्री उपलव्ध गराएका थिए । एशोसिएशनका महासचिव बाँस्तोलाले जन्म दिनको अवसर पारेर भोजभतेरमा गरिने खर्चबाट बृद्वबृद्वालाई सहयोग गर्ने भावनाको विकास गर्न खोजिएको उल्लेख गरे ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment