सर्वेश्वर मार्ग व्यवसायी समिति गैहपाटन को आयोजनामा विहीवार पोखरामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पहिलो रक्तदाता गोविन्द दाहाललाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो अवसरमा थापाले व्यवसायीहरुले सर्वसाधारणको मन जित्ने खालका कार्यहरु गर्न सके व्यवसायमा सफल हुने धारणा राखेका थिए । कार्यक्रममा पोखरा कपडा व्यवसायी संघका अध्यक्ष प्रेम भुजेल, फेन्सी तथा रेडिमेड व्यवसायी संघका द्वितीय उपाध्यक्ष प्रदिपकुमार मुल्मी, बुद्ध विशाल वजार व्यापारिक एशोसियसनका अध्यक्ष बलराम गौतम, प्राईम बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख सुरेन्द्र पौडेल, सर्वेश्वर मार्ग व्यवसायी समितिका अध्यक्ष गिरधारी अधिकारी, प्रथम उपाध्यक्ष धर्ममानसिँह भण्डारी, महासचिव सन्तोष पौडेल र कार्यक्रम संयोजक विष्णुहरी पन्थीले रक्तदानको महत्वका वारेमा भनाई राखेका थिए । रक्तदान कार्यक्रमवाट ४६ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक पन्थीले जानकारी दिए । रक्तदान कार्यक्रमको प्राईम वचत तथा ऋण सहकारीले प्रायोजन गरेको थियो ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
» सर्वेश्वर मार्गका व्यवसायीको रक्तदान................. ४६ युनिट रगत संकलन
Subscribe to:
Post Comments (Atom)
Post a Comment