पश्चिमाञ्चलकै प्रतिष्ठित आहा ! रारा गोल्ड कपको १३ औं संष्करणमा दुई विदेशी सहित १२ टिमको सहभागिता रहने भएको छ । सहारा क्लवको आयोजना र हिमश्री फुड्सको मुख्य प्रायोजनमा यही माघको २० गतेदेखि फागुन २ गतेसम्म संचालन हुने प्रतियोगितामा विदेशीका दुई टिम सहित १२ टिमको सहभागिता रहने क्लवले जनाएको छ । प्रतियोगितामा वेलायतको अल्ड्रासोट टाउन फुटवल क्लव, भारतको कन्चङजंगा फुटवल क्लव, नेपालमा ए डिभिजनका क्लव सहितको सहभागिता रहने प्रतियोगिता संयोजक हरिराम गुरुङ ले बताए । त्यसै गरी प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङमस्र्याङदी क्लव, थ्रि स्टार क्लव, विभागिय टोली नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, त्रिभुवन आर्मी क्लव, झापा ११ फुटवल क्लव, रुपन्देहीको लुम्बिनी स्पोटर्स क्लव, कैलालीको सुदूरपश्चिमाञ्चल फुटवल क्लव, सिमराको नव जन जागृति युवा क्लव र आयोजक सहारा क्लव गरी १२ टिम सहभागी हुने भएका हुन् ।
सहारा एकेडेमीको सहयोगार्थ पोखरा रङ्गशालामा संचालन हुने लागेको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको क्लवका अध्यक्ष वीरभद्र आचार्यले बताए । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको शहरका रुपमा स्थापित गरौं’ भन्ने नाराका आयोजना हुने प्रतियोगिता बाट बचत भएको रकमबाट सहारा एकेडेमी संचालन गरिँदै आएको आचार्यले बताए ।
एकेडेमीमा हाल कठिन परिस्थिति एवं विपन्न वर्गका १२ जिल्लाका २१ जना बालकहरुले आश्रय लिएका छन । प्रतियोगिताले फुटवल खेलको विकासका एवं नयाँ प्रतिभावान खेलाडीहरुलाई अवसर दिने आचार्यको विश्वास छ । सो प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धनमा टेवा पुग्ने क्लवले विश्वास लिएको छ ।

Post a Comment