यहाँको अमर उच्च माविमा कक्षा ११ मा अध्ययरत सुनिता भूजेललाई आफ्नो पढाइका साथै आफूभन्दा तल्लो कक्षामा पढ्ने चार बहिनीको पठनपाठनबारे रेखदेख पनि गर्नुपर्छ । साना बहिनी (स्मल सिस्टर) को रेखदेख गर्ने सुनिताजस्ता दिदीहरू (विग सिस्टर) यस विद्यालयमा सातजना छन् । ती सबैले चार÷चार साना बहिनीलाई विद्यालय र बेलाबेलामा घरसम्म पुगेर उनीहरूको पढाइबारे अनुगमन गरिरहेका छन् । बहिनीहरू कुनै दिन विद्यालयमा अनुपस्थित रहेमा भोलिपल्ट उनीहरूको घरसम्म पुगेर अभिभावकसँग जानकारी लिने, घरमा पढ्नका लागि सहयोगी वातावरण भए नभएको बुझ्ने र आवश्यक सुझाव दिने काम पनि यी दिदीहरूले गर्दछन् । बहिनीहरूको शिक्षाका लागि सघाउने दिदीहरूको यो क्रियाकलापलाई समन्वय गर्न विद्यालयले एक शिक्षकलाई फोकल टिचरको जिम्मा दिएको छ भने समुदायबाट आउने दुईजना (काका र काकी) ले विद्यालय र समुदायसँग समन्वय गरिरहेका हुन्छन् ।
जिल्लामा अमर उमावि जस्ता ‘बैनी शिक्षाका लागि दिदी कार्यक्रम’ सञ्चालन भएका विद्यालय १२ वटा छन् । ग्लोबल एक्सन नेपालको सहयोग र जिल्ला शिक्षा कार्यालयको समन्वयमा नमुनाका रूपमा सञ्चालन भइरहेको यस कार्यक्रममा अभियन्ता बढेर माथिल्लो तहका छात्रा तल्लो तहका छात्राको सिकाइ सुधारमा कस्सिएपछि दिदीहरू र बहिनीहरू दुवै पक्षको पढाइमा सुधार आएको पाइएको छ । कक्षा ११ की सुनिता भन्छिन्–“अहिले हामीलाई साना नानीहरूका लागि केही गर्नुपर्छ भन्ने भावना जागेको छ, यसले बालिकालाई आफ्नो खुट्टामा आफँै उभिन पनि सिकाएको छ ।” कुल ५५० विद्यार्थी रहेको अमर उमाविमा ५५ प्रतिशत छात्रा छन् । सो विद्यालयका प्रधानाध्यापक तीर्थ बस्नेतका अनुसार सीमान्तकृत समुदाय र विपन्न परिवारका छात्राहरूलाई यो कार्यक्रममा खटाइएको छ, जसका कारण उनीहरूको विद्यालयमा नियमितता र सिकाइस्तरमा सुधार आएको छ । विद्यालयमा बालिकाहरूको कक्षा छाड्ने क्रम अन्त्य गराउन र उनीहरूको सिकाइस्तर सुधार्न थालिएको यो कार्यक्रम सञ्चालन भएको एक वर्ष पूरा भएपछि आगामी चैतमा ग्लोबल एक्सन नेपालले अघिल्लो वर्षको तुलनामा उनीहरूको सिकाइ उपलब्धिको तुलनात्मक अध्ययन गर्नेछ ।
सो संस्थाका निर्देशक बाबुकाजी श्रेष्ठ भन्छन्–“बालिका शिक्षामा कक्षा छाड्ने प्रवृत्ति रोक्न सहयोगसिद्ध देखिएमा यस्ता कार्यक्रमलाई सरकारी तवरबाटै देशव्यापी बनाउन सुझाव दिनेछौँ ।” उनले आफूहरूले सामुदायिक विद्यालयमा अङ्ग्रेजी शिक्षणमा सुधार, शिक्षक तालिम र प्रारम्भिक बाल विकासको सुधारका लागि पनि कार्यक्रम सञ्चालन गरेको बताए । सो संस्थाले सुर्खेतमा पनि यस्तो कार्यक्रम सञ्चालन गरिरहेको छ भने आसमान नेपालले पर्सा र धादिङमा ‘बैनी शिक्षाका लागि दिदी कार्यक्रम’ सञ्चालन गरिरहेको छ । चार जिल्लामा गरेर कुल ४८ विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको आसमान नेपालका कार्यकारी निर्देशक नोबलकिशोर यादवले बताए । भोलन्टियर सर्भिस् ओभरसिज (भिएसओ) र स्त्रीशक्ति नामक संस्थाले पनि यस कार्यक्रममा प्राविधिक सहयोग गरिरहेका छन् । लमजुङका जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुली जिल्लामा छात्र र छात्राको सङ्ख्यामा धेरै अन्तर भए पनि कक्षा छाड्ने प्रवृत्ति छात्रामा केही बढी देखिएकोमा सो कार्यक्रम सकारात्मक रहेको बताउँछन् ।
बा–आमालाई पढाउँदै विद्यार्थी
यसैबीच, सरकारको साक्षर नेपाल अभियानमा सघाउन कक्षा ९ र १० का विद्यार्थीलाई पनि खटाउने अनौपचारिक शिक्षा केन्द्रको नीति कार्यान्वयन गर्दै जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै विद्यालयमा परिपत्र गरेपछि विद्यालयले समुदायमा १५ देखि ६० वर्ष उमेरका निरक्षरलाई साक्षरता कक्षामा पठाउन थालेको छ । गणेश मावि, सिम्पानीले सो गाविसका सबै निरक्षरलाई तीन महिनाभित्र साक्षर गराउने सङ्कल्पमा साथ दिन कक्षा ९ का सबै विद्यार्थी परिचालन गरेको छ । विद्यार्थी दिउँसो विद्यालयबाट फर्केपछि साँझ साक्षरता कक्षामा नजिकका गाउँमा जानेछन् । त्यसरी पढाउने विद्यार्थीलाई ऐच्छिक द्वितीय विषय अन्तर्गत शिक्षा र जनसङ्ख्याको प्रयोगात्मक प्रयोजनका लागि वार्षिक परीक्षामा १० अङ्क दिइनेछ । साक्षरता कार्यक्रममा सहभागी कक्षा ९ की ममता भण्डारीले पहिले पनि साक्षरता कक्षा लिएर बिर्सिसकेकालाई पढाउन सजिलो भएको र आफूहरू साक्षर गाविसको अभियानमा लागिपरेको बताइन ।
विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर थापा भने केन्द्रको विवरणमा २० जनामात्र निरक्षर रहेको सो गाविसमा आफूहरूको सर्वेक्षणमा २६४ जनाले साक्षरता कक्षा लिन चाहेकाले शैक्षिक सामग्रीको उपलब्धतामा समस्या आएको गुनासो गर्छन् । “सरकारले भनेपछि हामीले प्रयास त गर्नैपर्छ तर आवश्यक बजेट र सामग्रीमा कञ्जुस्यार्इं नगरिदिए हुन्थ्यो ।” जिल्ला शिक्षा अधिकारी पराजुलीले अन्य गाविसमा पनि विगतको तथ्याङ्कभन्दा बढी निरक्षर सङ्ख्या देखिएकाले केन्द्रमा थप बजेट निकासाका लागि माग गरिएको जानकारी दिए । रासस

Post a Comment