0
सिद्धार्थ क्लव पोखराद्वारा कृस्ती र सराङ्गकोट गाविसका किसोरी समूहका लागि जवाफदेहिता, सुशासन र सामाजिक न्याय विषयमा किशोरीहरुका लागि  क्षमता विकास तालिम शनिबार सम्पन्न भएको छ । उक्त तालिममा कृस्ती र सराङ्गकोट गाविसका ३३ जना किशोरीहरुको सहभागिता रहेको थियो । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित दुई दिने तालिममा रेडियो अन्नपूर्णका प्रस्तोता कविता श्रेष्ठले सहजिकरण गरेकी थिइन । संस्थाका अध्यक्ष दिपेन्द्र मर्सानीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि मध्येबाट कृस्तीका निलम थापा र सराङ्गकोटबाट अनिसा थापाले आफ्नो अनुभव सुनाइन । तालिममा लैङ्गिक हिंसा, दाईजो अपराध तथा बाल विवाह, समावेशि, सशक्तिकरण र समानता विषयमा जानकारी गराईएको थियो । कार्यक्रमको संचालन सिद्धार्थ क्लवका छलफल सहजकर्ता रश्मी भण्डारीले गरेकी थिइन भने कार्यक्रमको उद्देश्य बारे नागरिक शिक्षा अधिकृत मनकुमारी पुनले प्रकास पारेकी थिइन । कार्यक्रममा जनसरोकार मञ्च कास्कीका संयोजक नविन सिग्देल, सिद्धार्थ क्लवका व्यवस्थापन प्रमुख गोपाल श्रेष्ठ,कार्यक्रम संयोजक दुर्गा प्रसाद खनाल र सिद्धार्थ क्लवका सामाजिक परिचालक जमुना तिमिल्सिनाको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top