0

अखिल नेपाल राष्ट्रिय होटल तथा रेष्टुरेण्ट मजदुर युनियनको पोखरामा सम्पन्न राष्ट्रिय भेलाले टीकाराम पौडेलको अध्यक्षतामा ४ वैकल्पिक सदस्य सहित तेह्र सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेको छ । भेलाको उत्घाटन अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रिय अध्यक्ष भैरव रेग्मीले गरेका थिऐ । भेलाले ११ वुँदे विशेष प्रस्ताव समेत अनुमोदन गरेको छ । अनुमोदित प्रस्तावमा निर्धारित समय सिमा भित्रै संविधान निर्माण गरि गणतन्त्र संस्थागत गर्नुपर्नेमा जोड दिइएको छ । त्यस्तै सम्पूर्ण सन्धि, संझौता खारेज हुनु पर्ने, न्यूनतम ज्यालामा बृद्धिगरी मजदुरहरुको जिवनयापनमा सहज वनाइनु पर्ने, मजदुरलाई तुरुन्त राशनकार्डको व्यवस्था गरिनुपर्ने, हायर एण्ड फायर, नो ओर्क नो पे जस्ता मजदुर विरोधी प्रावधानहरु खारेज हुनु पर्ने, ८ घण्टे कार्यदिवसलाई कार्यान्वयन गरिनुपर्ने, बाल श्रमिकको अन्त्य लगायतका प्रस्तावहरुलाई अनुमोदन गरिएको छ । सम्पन्न भेला सफलताको शुमकामना दिनेहरुमा अन्टुका केन्द्रिय सल्लाहकार मोहन थापा, प्रगतिशिल पत्रकार संघ नेपालका अध्यक्ष नारायण शमा,अन्टुकका केन्द्रिय उपाध्यक्ष तथा यातायात मजदुर नेता गणेश ज्ञवालीे, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य दिपक गुरुङ्ग,अखिल(छैठौं)का केन्द्रिय सचिवालय सदस्य गणेश अधिकारी, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य विक्रम थापा, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रिय सदस्य सन्तोष पौडेल, मूलप्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिका अध्यक्ष पे्रम सुवेदी, ,राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकाल, अखिल नेपाल वुद्धिजिवी संघका प्रविण पौडेल लगायतका रहेका थिए । भेलाले प्रस्ताविक विधान मस्यौदालाई एक मतले पास गर्दै नेतृत्व चयन गरेको थियो । तयारी समितिका संयोजक समेत रहेका टीकाराम पौडेलको अध्यक्षतामा सम्पन्न भेलाको संचालन विष्णु पुरीको रहेको थियो ।

Post a Comment

 
Top