0
पर्यटकीय नगरी पोखराको लेकसाईडमा रिन्छिन् तेर्जोत तामाङ शान्ति गुम्बा निर्माण गरिने भएको छ । धार्मिक पर्यटनको प्रवद्र्वन एवं विश्व शान्तिको सन्देशदिन गुम्बा निर्माण गर्न लागिएको हो। बैदाम तामाङ समाजको पहलमा झण्डै एक करोड ५० लाखको लागतमा गुम्बा निर्माण गर्ने लक्ष्य लिइएको छ । गुम्बा निर्माणका लागि विभिन्न कार्यक्रम गरी रकम जुुुुटाइने बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले बताए । उनले गुम्बा निर्माणका लागि पर्यटन व्यवसायी, समाजसेवी, व्यापारी लगायत सवैलाई आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । गुम्बामा २५ फिट अग्लो मैत्रिबुद्वको मुर्ति राखिने छ। सो मुर्तिको मूल्य मात्रै ३५ लाख पर्ने बताइएको छ । गुम्बाको दुई तला माथि राखिने सो मुर्ति लेकसाइडको सबैजसो क्षेत्रबाट देख्न सकिने भएकाले स्वदेशी तथा विदेशी पर्यटकका लागि मुख्य आकर्षण बन्ने विश्वास लिइएको छ । पोखरामा आयोजित एक कार्यक्रमवीच काठमाण्डौ, वौद्धस्थित सेतो गुम्बाका प्रमुख लामा टुल्कु ढुवाङ तेन्जिङ रेम्बोछे अवतार लामाले गुम्बाको शिलान्याश गरेका थिए ।
त्यस अवसरमा बैदाम तामाङ समाजका बरिष्ठ गुरु लामा पाल्देनको नेतृत्वको लामाहरुको समुहले बौद्विक विधि तथा परम्परा अनुसार पुजाआजा गरेका थिए । बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष संजय लामाले स्वागत मन्तव्य गरेका थिए ।

Post a Comment

 
Top