0

¥याण्डम रिडर्स सोसाइटी अफ नेपालले आफ्नो नियमित पुस्तक परिचर्चा कार्यक्रममा भारतीय लेखक उदय प्रकाशको उपन्यास ‘मोहन दास’को परिचर्चा शनिबार पोखरामा गरेको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार गर्दै आएको पुस्तक परिचर्चामा कृतिको परिचर्चा गर्दै साहित्यकार अभय श्रेष्ठले कृतिले नेपाली परिवेशमा समेत सुहाउँदो पहिचानको मुद्दा उठाएको बताउनुभयो । भारतीय परिवेशको जीवन्त चित्रण गरिएको कृतिले सीमान्तकृत वर्गको भावना समेटेको बताउँदै श्रेष्ठले साहित्यका क्षेत्रमा यसले महत्वपूर्ण स्थान राख्ने बताउनुभयो । कार्यक्रममा चलचित्र समीक्षक विकास बस्नेतले मोहन दासमाथि बनेको चलचित्रको समीक्षा गर्दै कृति जति उत्कृष्ट छ, फिल्म त्यति उत्कृष्ट बन्न नसकेको बताउनुभयो । भारतीय चलचित्र क्षेत्रका गतिला चलचित्रकर्मीले पुनः सो कृतिमाथि फिल्म बनाउनुपर्ने आवश्यकता समेत उहाँले औँल्याउनुभयो । कार्यव्रmम एवम् सोसाइटीका अध्यक्ष गनेस पौडेलले पछिल्लो समयका आख्यानहरु चलचित्रका लागि समेत उपयुक्त हुने किसिमले लेखिएको बताउँदै मोहन दास पनि एक उत्कृष्ट कृति भएकाले चर्चाको विषय बनाइएको बताउनुभयो । कार्यव्रmममा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रेश्वर कोइरालाले कृतिले पहिचान र मानवतको पक्षपोषण गरेको बताउनुभयो । डा. तारा बराल, शिव पौडेल, दीपक पराजुलीलगायतले पनि कार्यव्रmममा टिप्पणी गर्नुभएको थियो । सहसचिव रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यव्रmममा सदस्य मीरा ढकालले स्वागत गर्दै आगामी पुस २६ गते शनिबार पत्रकार दामोदर न्यौपानेको कृति ‘एम्बुसमा ६ वर्ष’को परिचर्चा युवा साहित्यकार सुरज उपाध्यायले गर्नुहुने जानकारी दिनुभएको थियो ।

Post a Comment

 
Top