0
सराङ्गकोट संचार सहकारी संस्थाको नवौं वार्षिकोत्सवबको अवसरमा कास्कीकोट–६, साँदीमा रहेको श्री बालप्रवोधिनी प्रा.वि.का विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । सहकारीले स्थापना कालदेखि सामाजिक उत्तरदायित्व अन्तर्गत रेडियो सराङ्गकोट संचालनसँगै विविध रचनात्मक कृयाकलापहरु  गर्दै आएकोमा यस वर्ष चारदिवसीय कार्यक्रम गरिने सचिव कृष्ण थापाले बताए ।  कार्यक्रम अन्तर्गत मंसिर २१ गते विद्यालय पोशाक वितरण, मंसिर २४ गते राधाकृष्ण बृद्धाश्रममा कपडा तथा नगद वितरण, २६ गते बाल बचत शिक्षा कार्यक्रम र २९ गते रक्तदान सहित वार्षिकोत्सव समापन राखिएको छ । कार्यक्रम सम्पन्न गर्न शिक्षा संयोजक कुल प्रसाद सुवेदीको संयोजकत्वमा पोशाक वितरण गर्न अर्जुन बहादुर बस्नेत संयोजक, बाल बचत शिक्षा कार्यक्रमका लागि बुद्ध गुभाजु र रक्तदानका लागि कोषाध्यष मिन बहादुर अधिकारीलाई संयोजक राखी कार्यक्रम व्यवस्थापन समिति राखिएको अध्यक्ष लोकबहादुर थापाले बताए । विद्यार्थी पोशाक वितरण कार्यक्रममा श्री बाल प्रवोधिनी प्रा.वि.का अध्यक्ष भरत बहादुर अधिकारीले सहयोग प्रति आभार सहित विद्यालयलाई अंग्रेजी माध्यममा सुविधासम्पन्न बनाउन लागिएको बताए । सो विद्यालय २०१५ मा स्थापना भएको कास्कीकोटको पहिलो विद्यालय हो ।

Post a Comment

 
Top