0
लायन्स क्लब अफ पोखरा पिस होमको निःशुल्क स्वास्थ्य शिविर शनिवार अर्मला कास्कीमा सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्की, कोमागाने मात्रृशिशु मितेरी अस्पताल तथा आरोग्यधाम होमियोप्याथिक हस्पिटलको प्राविधिक सहयोगमा अर्मला स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको हो ।
शिविरमा स्वास्थ्य सेवा लिन आएका जेष्ठ नागरिक पूर्णकुमारी परियारलाई बिरामी पूर्जा दिएर लायन्स डिष्ट्रिक्टका पि.आर.ओ इन चिफ लायन राधा पौडेलले उद्घाटन गरेकी थिइन । बिहान ९ बजेबाट सुरु भएको शिविरमा २०५ जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए भने करिब  एक लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो । शिविरमा कोमागाने मातृशिशु मितेर हस्पिटलका स्त्री रोग विशेषज्ञ डा. थममाया पुन, मणिपाल शिक्षण हस्पिटलका बालरोग विशेषज्ञ डा. लक्ष्मण पौडेल, आरोग्यधाम होमियोप्याथिक हस्पिटलका डा. विष्णु चापागाई र डा. सञ्जय यादवले क्रमशः महिला तथा स्त्री रोग, बाल रोग, तथा हाडजोर्नी, नशा, पिनास, बाथ लगायतका रोगको निःशुल्क परीक्षण गरेका थिए । 
लायन्स क्लब अफ पोखरा पिस होमका अध्यक्ष लायन सुशिला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पिआरओ इन चिफ राधा पौडेल, जोन चियर पर्सन दुर्गा प्रसाद हुमागाई, लायन्स क्लब अफ पोखरा पिस चौतारीका अध्यक्ष डा. विष्णु चापागाई, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका पब्लिक हेल्थ नर्स सम्झना ढुंगाना, लायन्स क्लब अफ पोखरा पिस होमका संस्थापक अध्यक्ष कल्पना मल्ल, पि.आर.ओ सरिता दाहाल हुमागाई, कोषाध्यक्ष सुशिला सिग्देल लगायतले बोलेका थिए । क्लबका पि.आर.ओ सरिता दाहाल हुमागाईले कार्यक्रमको संचालन गरेकी थिइन ।

Post a Comment

 
Top