
मुक्तिनाथ विकास बैंक लिमिटेडले पोखरा उपमहानगर पालिका वडा नं.–१७, छोरेपाटन स्थित ईकाइ कार्यालय स्थापना गरेको छ । सम्पूर्ण व्यवस्थापन महिला कर्मचारीहरुवाट सञ्चालित हुने प्रथम शाखा कार्यालय तथा आधुनिक बैंकिङ्गको २१औ शाखाको रुपमा स्तरोन्नती गरिएको छ । उक्त शाखाको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले गरेका थिए । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नेपाल राष्ट्र बैंक पोखरा शाखाका शाखा प्रबन्धक ऋषिकेश भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा स्थानीयवासी तथा आसपासका क्षेत्रका जनता, उद्योगी, व्यवसायी, शैक्षिक संस्था (स्कुल कलेज) स्वास्थ्य सेवा प्रदायक (हस्पिटल) सरकारी, गैहसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कृषि पशुपालन संग सम्बन्धित व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
Post a Comment