0
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको आयोजनामा संस्थामा नयाँ नियुक्त ५६ जना कर्मचारीहरुका लागि ५ दिने सेवा प्रवेश पूर्व सैद्धान्तिक तालिम शनिबार सम्पन्न भयो । समापन कार्यक्रमका पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखराका क्षेत्रीय प्रशासक दिनेश कुमार थपालियाले  सरकारले जनताको सवै आवश्यकता पुरा गर्न नसक्ने हुँदा विपन्न वर्गको आर्थिक सामाजिक स्थितीमा सुधार ल्याउनको लागि लघु वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।  कार्यक्रममा नव प्रशिक्षार्थी कर्मचारीहरुलाई सपथ ग्रहण गराउँदै संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले लघु वित्त संस्थाहरुले विपन्न, महिला तथा सामाजिक रुपमा वन्चितीमा परेका वर्गको आर्थिक तथा सामाजिक शसक्तिकरणमा टेवा पु¥याएको वताउदै  दिनदुखीहरुको सेवाको लागि कर्मचारीहरु लगनशिल भएर लाग्नुपर्नेमा जोड दिए ।   कार्यक्रममा नेपाल राष्ट्र बैक पोखराका उपनिर्देशक दुर्गा बहादुर शाह बाबा, नेपाली कांग्रे्रस कास्कीका पूर्वसभापति शोभियत बहादुर अधिकारी,बह्रमाकुमारी ईश्वरीय विश्व विद्यालय पोखराका सञ्चालक सुधा दिदी र सहभागीहरुको तर्फबाट सुनिता बोगटी,निर्मल अधिकारी लगायतले आ–आm्नो भनाई राखेका थिए । कार्यक्रम संस्थाका संस्थापक एवं कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईको अध्यक्षता,प्रशासन तथा वित्त प्रमुख सावित्री खत्री क्षेत्री र प्रशासकीय अधिकृत इन्द्र खत्री क्षेत्रीको प्रतिज्ञा, लघुवित्त सेवा विभाग प्रमुख विश्व वन्धु प्रसाईको स्वागत एवम् सुचना व्यवस्थापन अधिकृत ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top