0
आदिवासी जनजाति सङ्घ नेपाल कास्कीको यही कात्तिक २२ गते हुने तेस्रो जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा संगठन विस्तारले तीव्रता पाएको छ ।
संगठन विस्तार अभियानका शिलशिलामा आइतबार सम्पन्न पोखरा उपमहानगरपालिका वडा नं. ३ का आदिवासी जनजाति युवाहरूको भेलाले अनिता श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय आदिवासी जनजाति युवा महासङ्घ नेपाल वडा समिति चयन गरेको छ । भेलाबाट उपाध्यक्षमा विश्वास गुरुङ ‘भाइ’, सचिवमा अस्मिता थकाली, सह–सचिवमा योगेन्द्र गुरुङ र कोषाध्यक्षमा माया श्रेष्ठ चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा समीक्षा थकाली, प्रमिला गुरुङ, विनोद थापा, विनम तामाङ, सुवास छन्त्याल, रूपेश श्रेष्ठ लगायत छन् ।

Post a Comment

 
Top