0
गण्डकी हाईटेक प्रा.लि. पोखरा–१, बगरले संस्था स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसर पारेर निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । विगत तीन वर्षदेखि विभिन्न व्यवसायिक तालिम प्रदान गर्दै आइरहेको प्रा.लि.ले यो वर्ष पनि निःशुल्क तालिम प्रदान गर्न लागेको हो । यही पुस १ गतेबाट सञ्चालन हुने उक्त तालिममा सबै विषयबाट चार–चार जना गरी १६ जनालाई निःशुल्क तालिम सञ्चालन गर्ने भएको हो । निःशुल्क तालिम अन्तरगत वेशिक कम्प्युटर कोष, डिप्लोमा कम्प्युटर कोष, ग्राफिक्स डिजाइनिङ र रेडियो प्रस्तोता तथा समाचार लेखन रहेको प्रा.लि.का प्रबन्धक अनु बरालले जानकारी दिइन । यही मङ्सिर २५ गतेसम्म फर्म भर्न सकिने र मङ्सिर २७ गते लिखित परीक्षा र अन्तर्वार्ताबाट प्रशिक्षार्थी छनौट गरिने प्रालिले जनाएको छ ।

Post a Comment

 
Top