
सिटी रेवान सामाजिक र सेवामूलक संस्था भएकाले संस्थाले आयोजना गरेको महोत्सव एकपटक अवलोकन गरि सहयोग गरिदिन महासचिव तिमिल्सिनाले पोखरेलीलाई आग्रह गरेका छन् । उनका अनुसार शुक्रबारदेखि शुरु भएको महोत्सव कात्तिक २२ गतेसम्म चल्ने छ । महोत्सवमा दर्शकलाई नयाँ स्वाद दिनका लागि विवाहित पुरुषवीच नृत्य प्रतियोगिता, लोकल कुखुराको झोलसँग ढिडो खाने प्रतियोगिता, लमजुङको ठाडो भाका, हास्य प्रहसन जस्ता कार्यक्रम थप गरिएको छ । लोकल कुखुराको झोलसँग ढिंडो खाने प्रतियोगिता २० गते गरिंदैछ । महोत्सवको छैटौं दिन बुधबार लोक दोहोरीतर्फ प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राधिका हमाल, तारापति सुवेदी, घनश्याम रिजाल, शिवहरि ढुङ्गाना, ज्योती लोहनी, इन्द्रा गुरुङ, आयुष परियार र लाइभ पप कन्सर्टतर्फ रजनी राई, विनोद बाँनिया, ओम गुरुङको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
Post a Comment