जर्मन संस्था नमस्ते हेल्थ एजेन्टका सदस्यहरुले मंगलबार कास्कीको चापाकोटस्थित सिद्धबराह उच्च माध्यामिक विद्यालयका लागि करिब ८ लाख रुपैयाँ बराबरको शैक्षिक एवं खेलकूदका सामाग्री हस्तान्तरण गरेका छन् । उनीहरुले विद्यालयको पुस्ताकालयका लागि ६ सय १० थान पुस्तक, १० वटा दराज, विज्ञान सम्बन्धी उपकरण ३ वटा, टेवुल कुचीै लगायतका फर्निचर समेत हस्तान्तरण गरेका थिए । नमस्ते हेल्थ एजेन्टका सदस्यहरु ..... ले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पराजुलीलाई हस्तान्तरण गरिएको अन्य सामाग्रीहरुमा चारवटा ल्यापटप, ५० वटा झोला, ५० दर्जन कपी, कलम, साउण्ड सिस्टम, मल्टिमिडिया प्रोजेक्टर र भलिवल, वास्केटवल, फुटवल, नेट चार–चार थान रहेका छन् । यसैगरी व्याडमिण्टन लगायतका अन्य सामाग्री समेत उनीहरुले विद्यालयलाई प्रदान गरेका छन् । कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्र–छात्राका लागि छात्रवृत्ति प्रदान गर्न उनीहरुले एकलाख ६२ हजार रुपैयाँ नगद समेत हस्तान्तरण गरेको अध्यक्ष पराजुलीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । मगलबार विद्यालयमा आयोजित एक समारोहमा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारी र विद्यार्थीहरुका साथै स्थानीय अभिभावकहरुले नमस्ते हेल्थ एजेन्ट जर्मनीका सदस्यहरुलाई फूलमालाले स्वागत गरेको विद्यालयका शिक्षक गणेशप्रसाद दाहालले जानकारी दिए ।जर्मनी संस्थाद्वारा सिद्धबराह उच्च माविलाई सहयोग
जर्मन संस्था नमस्ते हेल्थ एजेन्टका सदस्यहरुले मंगलबार कास्कीको चापाकोटस्थित सिद्धबराह उच्च माध्यामिक विद्यालयका लागि करिब ८ लाख रुपैयाँ बराबरको शैक्षिक एवं खेलकूदका सामाग्री हस्तान्तरण गरेका छन् । उनीहरुले विद्यालयको पुस्ताकालयका लागि ६ सय १० थान पुस्तक, १० वटा दराज, विज्ञान सम्बन्धी उपकरण ३ वटा, टेवुल कुचीै लगायतका फर्निचर समेत हस्तान्तरण गरेका थिए । नमस्ते हेल्थ एजेन्टका सदस्यहरु ..... ले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पराजुलीलाई हस्तान्तरण गरिएको अन्य सामाग्रीहरुमा चारवटा ल्यापटप, ५० वटा झोला, ५० दर्जन कपी, कलम, साउण्ड सिस्टम, मल्टिमिडिया प्रोजेक्टर र भलिवल, वास्केटवल, फुटवल, नेट चार–चार थान रहेका छन् । यसैगरी व्याडमिण्टन लगायतका अन्य सामाग्री समेत उनीहरुले विद्यालयलाई प्रदान गरेका छन् । कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्र–छात्राका लागि छात्रवृत्ति प्रदान गर्न उनीहरुले एकलाख ६२ हजार रुपैयाँ नगद समेत हस्तान्तरण गरेको अध्यक्ष पराजुलीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । मगलबार विद्यालयमा आयोजित एक समारोहमा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारी र विद्यार्थीहरुका साथै स्थानीय अभिभावकहरुले नमस्ते हेल्थ एजेन्ट जर्मनीका सदस्यहरुलाई फूलमालाले स्वागत गरेको विद्यालयका शिक्षक गणेशप्रसाद दाहालले जानकारी दिए ।
Post a Comment