0

पोखरा विश्वविद्यालयका उपकुलपति र पूर्वउपकुलपति सहित २३ जना र विश्वविद्यालयको भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रतिनिधि गरि २४ जना आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारको हिरासतमा रहेपनि विश्वविद्यालयमा पढाइ भने सूचारु भइरहेको छ । उपकुलपति सहित केही प्रशासनिक एवं अन्य कर्मचारी हिरासतमा रहँदा प्रशासनिक काममा केही अवरोध पुगेको भएपनि विद्यार्थीहरुको पढाइ भने सुचारु भइरहेको विश्व विद्यालयका उप–प्रशासक तेजनारायण पराजुलीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पराजुलीका अनुसार प्रशासनिक कामलाई समेत सुचारु गर्न आवश्यक व्यवस्था गर्नेतर्फ सम्बद्ध निकाय गम्भीर रहेकोले यथाशीघ्र नयाँ व्यवस्था हुन सक्नेछ । पोखरा विश्वविद्यालयमा हाल २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयको आफ्नै क्याम्पसमा व्यवस्थापन, मानविकी, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ्ग र हेल्थ एण्ड एलाइट सम्बन्धी विभिन्न विषयमा स्नातकोत्तर तहसम्मको पढाइ भइरहेको छ ।

Post a Comment

 
Top