0
पोखराको रामघाटस्थित टप्स उच्च माविमा मङ्गलबार कक्षा ७ का विद्यार्थीहरु बीच वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ७ का छात्र वेदान्त घिमिरेको अध्यक्षतामा भएको प्रतियोगितामा कक्षा ७ ‘क’ र ‘ख’का ८ जना प्रतियोगीले भाग लिएका थिए । जसमध्ये दिव्या गुरुङ, उपासना भण्डारी, रेश्मा तिवारी र अञ्जू गौतम व्रmमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका थिए । कार्यक्रममा शिक्षक रुपिन्द्र प्रभावी र शिक्षिका मायादेवी पौडेल निर्णायक रहेका थिए भने शिक्षक सुजन थापा मगर र अतिरिक्त क्रियाकलाप विभागका प्रमुख रमेश शर्माले विशेष सहयोग गरेका थियो । छात्र मिलन गुरुङ र छात्रा अर्पना थापाले सञ्चालन गरेका प्रतियोगिताका विजेताहरु लाई प्राचार्य रत्नमान गुरुङले पुरस्कार वितरण गरेका थिए । कक्षागत अतिरिक्त व्रिmयाकलाप अन्तरगत प्रतियोगिता सम्पन्न भएको विद्यालयले जनाएको छ ।

Post a Comment

 
Top