0
गण्डकी अञ्चलको आधिकारिक बिक्रेता विश्वकर्मा अटो वक्र्सको आयोजनामा यामाहा रेजेड स्कुटरको माइलेज च्यालेन्ज सम्पन्न भयो । कार्यक्रममा प्रति लिटर ७२.६७ किलोमिटर प्राप्त गरि सुरज कुमार गुरुङ पहिलो, प्रति लिटर ७१.५२ किलोमिटर प्राप्त गरि सिर्जन भुर्तेल दोस्रो र प्रति लिटर ७१.०९ किलोमिटर प्राप्त गरि विवेक वाग्ले तेस्रो भएका अटो वक्सका सेल्स इन्चार्ज सुरेन्द्र रेग्मीले जानकारी दिए । सो कार्यक्रममा करिब ४० जना स्कूटर। चालकको सहभागिता रहेको थियो । यामाहा शोरुम नयाँबजार वाट शुरु भएको ¥याली चिप्लेढुङ्गा, सिद्धार्थचोक, विन्ध्यवासीनी, हरिचोक, हेम्जा पुगी सोही बाटो पुन शोरुममा आई सम्पन्न भएको थियो । स्कुटरका ग्राहक सुरजकुमार गुरुङले स्कुटरमा माइलेज राम्रो दिनुको साथै चलाउँदा आरमदायी भएको प्रतिक्रिया दिए । स्कुटरका ग्राहक सिर्जना भुर्तेलले माइलेज च्यालेन्ज कार्यक्रममा प्रत्यक्ष सहभागी हुँदा धेरै जानकारी प्राप्त भएको बताइन ।

Post a Comment

 
Top