0
कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा आगामी मंसिर ६ गतेदेखि ८ गतेसम्म ‘छैटौं कास्की जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता’ हुने भएको छ । स्विस लिग प्रणाली अनुसार खेलाइने प्रतियोगितामा सबै उमेर समूहका पुरुष तथा महिला बुद्धिचाल खेलाडीले सहभागी जनाउन सक्ने संघका अध्यक्ष बाबुराम पन्तले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ६ हजार, तृतीय हुनेले ४ हजार, चौथो हुनेले २ हजार र पाचौं हुनेले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै छैटौंदेखि दशौं स्थान प्राप्त गर्ने प्रत्येक खेलाडीले नगद ५ सय  रुपैयाँ प्राप्त गर्ने र प्रथम, द्वितीय र तृतीय हुने खोलडीलाई राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागी गराइने संघले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले मंसिर ५ गतेसम्म ग्लोबल कलेजियट उच्च माविमा आफ्नो नाम दर्ता गर्न सक्नेछ । खेलको समापन कार्यक्रममा विश्व बुद्धिचाल महासंघका उपाध्यक्ष सहित पदाधिकारीहरुको समेत उपस्थिति हुने संघले जानकारी दिएको छ । प्रतियोगितामा कास्कीका करिब ८० खेलाडीले सहभागिता जनाउने अध्यक्ष पन्तले बताए ।

Post a Comment

 
Top