0
तरुण दल लेखनाथको तेस्रो अधिबेशन मंगलबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै तरुण दलका पूर्व केन्द्रीय महासचिव पुष्पराज पराजुलीले युवाहरु राजनीतिक पार्टीका उर्जावान शक्ति भएकाले युवाहरुलाई समेटेर देश विकासका लागि अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । अहिलेका युवाले पछि पार्टी संचालन गर्नु पर्छ त्यसैले युवाहरु फुटेर होईन एकताबद्ध भएर अगाडि बढ्नु पर्छ यहि नै अहिलेका आवश्यकता र माग हो उनको भनाई थियो । कार्यक्रममा बोल्दै कास्की काग्रेसका सचिव कृष्ण केसीले युवा बलियो भए पार्टी बलियो हुन्छ त्यसैले अहिलेका युवाले पार्टीलाई सशक्त र बलियो बनाई राख्नका लागि आ आफनो क्षेत्रबाट भूमिका निभाउनु पर्नेमा जोड दिएका थिए । सोही अवसरमा कास्की क्षेत्र नं १का क्षेत्रीय सभापति वीर्जमान गुरुङले अबका युवाले देश विकासका लागि सामाजिक भावनाको बाटोबाट अगाडि बढ्नु पर्छ जसले गर्दा पार्टीलाई बलियो बनाओस् उनको धारणा थियो । तरुण दल लेखनाथका अध्यक्ष सुरजजंङ राणाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, नेपाली कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने, महासमिति सदस्य पद्यशरण रेग्मी, कांग्रेस नेता नन्दप्रसाद तिवारी, प्रचार–प्रसार संयोजक राजबहादुर गुरुङ लगायतले पार्टी वलियो हुन युवा बलियो हुनु पर्ने धारणा राखेका थिए । अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेपनि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष सागर गुरुङ र तरुण दल लेखनाथ वडा ईकाई कमिटीका अध्यक्ष नरेन्द्र थापाकाबीच सहमति नजुटेपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ । निर्वाचन स्थगीत भएपछि बुधबार ११ बजे पार्टी कार्यालय खुदीमा निर्वाचन कार्यक्रम राखिएको निर्वाचन आयुक्त राजुराज अधिकारीले जानकारी दिए । यसैबीच उपाध्यक्षमा मिन बहादुर गुरुङ, सचिवमा भावना मोहन पौडेल, कोषाध्यक्षमा खड्क बहादुर गुरुङ, महिला प्रतिनिधिमा वृद्धा सुवेदी, जिल्ला प्रतिनिधिमा विनोद प्रसाद लामिछाने निर्विरोध भएका छन् भने दलित र समावेशीमा भने उम्मेदवार नै परेको छैन ।

Post a Comment

 
Top