0
कास्की मोडनाइज्ड एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन् । एकेडेमीले दिवा सत्रमा कक्षा ११ र १२ तर्फ विज्ञान तथा व्यवस्थापन संकायका कक्षाहरु तीव्र गतिमा संञ्चालन गरेको छ । कार्यक्रममा कक्षा ११ मा अध्यापनरत विज्ञान तथा व्यवस्थापन संकायका केही शिक्षकहरुले विद्यार्थीहरुले पढदै गरेको विषयको भविष्यमा महत्व र फाइदाका बारेमा जानकारी दिएका थिए । 
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवम् विद्यालयका संस्थापक प्रिन्सिपल रामबहादुर मोचीले नेपाल सरकार शिक्षा मन्त्रालय ,उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च शिक्षा संञ्चालनको लागी अनुमतिपत्र दिन ढिलाइ भएको कारण कक्षा ११ को पढाइ केही ढिला हुन गएको प्रष्ट पारेका थिए । उनले आफ्नो मन्तव्यको क्रममा पश्चिमाञ्चलमै र सिङ्गो नेपालमा नै उत्कृष्ट नतिजा ल्याउनको निम्ति विद्यालय प्रशासन, दक्ष शिक्षकको समूह एउटा उद्देश्यका साथमा पूर्ण तयारीको साथ लागिपरेको जानकारी दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपाली लगायत अन्य शिक्षकहरु अतिथिको रुपमा उपस्थित थिए ।  भने कक्षा १० का विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु राखी कार्यक्रमलाई भव्य बनाएका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका इन्चार्ज शिवलाल उपाध्यायले गरेका थिए ।

Post a Comment

 
Top