पोखराको नदीपुर स्थित फूलबारी मन्टेश्वरी कटेज प्रि स्कूलको स्पोर्ट मिट मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि केयर एण्ड ट्रस्ट प्रमुख डेभिड थोमसले नेपालका अभिभावकहरुमा आफ्ना बच्चाहरुलाई उच्च शिक्षामा राम्रो बनाउनका लागि मन्टेश्वरीप्रति आकर्षण बढेको बताए । कार्यक्रममा अभिभावक प्रकाश देव पालिखेले फूलबारी मन्टेश्वरीबाट राम्रो शिक्षा तथा संस्कार पाएकाले आफ्नो घरको वातावरण राम्रो भएको बताए । अभिभावक झलक थापा, सन्ध्या घिमिरेले मन्टेश्वरीले समय अनुसारको शिक्षा बालबालिकालाई दिएकाले आफूहरुलाई बालबच्चाको हेरचाहमा सजिलो भएको बताए । स्पोर्टस मिट अन्तर्गत विभिन्न ७ खेलहरु भएका थिए । खेलहरुमा प्रथम, द्वितीय, तृतीय हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि डेभिड थोमस र विद्यालयका प्रमुख अरुणा शेरचनले पुरस्कार वितरण गरे । शिक्षाको क्षेत्रमा स्थापित भएको फूलबारी मन्टेश्वरीले धेरै बालबालिकालाई राम्रो वातावरणमा शिक्षा दिएको छ । फूलबारी मन्टेश्वरीका प्रमुख अरुणा शेरचनको अध्यक्षतामा भएकोे कार्यक्रममा कक्षा ३ का महिमा कुँवर र सृष्टि थापाले बोलेका थिए भने अन्य विद्यार्थीहरुर्ले खेल तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।फूलबारी मन्टेश्वरीको स्पोर्ट मिट
पोखराको नदीपुर स्थित फूलबारी मन्टेश्वरी कटेज प्रि स्कूलको स्पोर्ट मिट मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि केयर एण्ड ट्रस्ट प्रमुख डेभिड थोमसले नेपालका अभिभावकहरुमा आफ्ना बच्चाहरुलाई उच्च शिक्षामा राम्रो बनाउनका लागि मन्टेश्वरीप्रति आकर्षण बढेको बताए । कार्यक्रममा अभिभावक प्रकाश देव पालिखेले फूलबारी मन्टेश्वरीबाट राम्रो शिक्षा तथा संस्कार पाएकाले आफ्नो घरको वातावरण राम्रो भएको बताए । अभिभावक झलक थापा, सन्ध्या घिमिरेले मन्टेश्वरीले समय अनुसारको शिक्षा बालबालिकालाई दिएकाले आफूहरुलाई बालबच्चाको हेरचाहमा सजिलो भएको बताए । स्पोर्टस मिट अन्तर्गत विभिन्न ७ खेलहरु भएका थिए । खेलहरुमा प्रथम, द्वितीय, तृतीय हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि डेभिड थोमस र विद्यालयका प्रमुख अरुणा शेरचनले पुरस्कार वितरण गरे । शिक्षाको क्षेत्रमा स्थापित भएको फूलबारी मन्टेश्वरीले धेरै बालबालिकालाई राम्रो वातावरणमा शिक्षा दिएको छ । फूलबारी मन्टेश्वरीका प्रमुख अरुणा शेरचनको अध्यक्षतामा भएकोे कार्यक्रममा कक्षा ३ का महिमा कुँवर र सृष्टि थापाले बोलेका थिए भने अन्य विद्यार्थीहरुर्ले खेल तथा मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
Post a Comment