
यसैगरी कास्कीको घान्दु्रकमा रहेको मेश्रम बराह मावि अनेरास्ववियु इकाई कमिटीको बुधबार सम्पन्न कार्यक्रमले विक्रम क्षेत्रीको अध्यक्षतमा ३५ सदस्यीय इकाई कमिटि गठन गरेको छ । संगठन विस्तार कार्यक्रम अन्तर्गत विद्यालयमा आयोजित कार्यक्रमले नेहा गुरुङलाई उपाध्यक्ष, शिव विश्वकर्मालाई सचिव र आकृति शर्मालाई कोषाध्यक्षमा चयन गरेको छ । त्यसैगरि कमिटीको सदस्यहरुमा प्रेमिका क्षेत्री, सावित्रा क्षेत्री, रोशन परियार, कमल परियार, शिवचन्द्र नेपाली, सुमन क्षेत्री, अनिस गुरुङ लगायत रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य तथा कास्की जिल्ला सचिव भरतमान कोने गुरुङले विद्यार्थी आन्दोलनको उपलब्धीको रक्षा गर्ने संस्था अनेरास्ववियु मात्र भएकाले यसमा गोलबद्ध हुन विद्यार्थीहरुलाई आह्वान गरे । जिल्ला सचिवालय सदस्य राजेन्द्र बसौलाले शैक्षिक क्षेत्रमा देखिएका समस्या र विकृतीलाई अन्त्य गर्न सम्पूर्ण विद्यार्थीहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औल्याए ।
अनेरास्ववियु क्षेत्र नं. १ कास्कीका पूर्व सदस्य आदर्श पोखरेलले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Post a Comment