0
सिद्वार्थ क्लव पोखराको संयोजन तथा सानिमा बैंकको दशँैं वार्षिकोत्सवको अवसरमा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको ।  रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा सञ्चालित सो रक्तदान कार्यक्रमको अपाङ्गता भएका शेरबहादुर गुरुङ, मिस नेवाः ११३९ सुमना बज्राचार्य, ६४औ पटक रक्तदान गरेका विक्रम उदास लगायतले रक्तदान गरेको क्लवका कार्यक्रम संयोजक दुर्गाप्रसाद खनालले बताए । सानिमा बैंक पोखराका शाखा प्रवन्धक प्रभात तण्डुकारले सामाजिक उत्तरदायित्व एवं मानवीय सेवामा समर्पित हुने उद्देश्यले स्वास्थ्य शिविर, वृक्षारोपण र बृद्वाश्रमलाई सहयोग आदि जस्ता कार्यक्रम संचालन गरिरहेको भन्दै बैँकको १०औं वार्षिकोत्सवको अवसर पारेर सिद्धार्थ क्लब संगको साझेदारीमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । सिद्वार्थ क्लवका अध्यक्ष दिपेन्द्र मर्सानी र सानिमा बैंक पोखराका शाखा प्रवन्धक भावुक तण्डुकारले ब्लड ब्याग साटासाट गरी कार्यक्रमको उद्घाटन गरेको सो कार्यक्रममा सिद्वार्थ क्लवका अध्यक्ष दिपेन्द्र मर्सानीले वित्तिय संस्थाले आर्थिक कारोबारमात्रै नगरि समाजिक उत्तरदायित्व बहन गरेकोमा प्रशंसा गर्दै क्लवले कास्की जिल्लामा सामाजिक सेवालाई मुख्य प्राथमिकता दिँदै सवै क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सिद्वार्थ क्लवका सचिव पार्वती माकाजु र सहसचिव तीर्थ श्रेष्ठले पनि बोलेको कार्यक्रमका संयोजक एवं क्लवका प्रथम उपाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।

Post a Comment

 
Top