0
काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेड ले आफ्नो २ वटा क्षेत्रीय कार्यालय तथा २३ वटा शाखा कार्यालय सहित २५ वटा कार्यालयका क्षेत्रीय तथा शाखा प्रबन्धकहरु र विभागीय प्रमुख का लागि दुई दिने प्रशिक्षण तथा अन्तरक्रिया  कार्तिक १४ र १५ गते काठमाण्डौमा सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको हाल सम्मको प्रगती विवरण सहित बैंकले भविष्यमा अबलम्बन गर्ने योजना तथा रणनीतिको बारेमा जानकारी गराइएको थियो भने प्रशिक्षक सि.ए. बिद्यावारिधी सिग्देलल ेकर्जा मूल्याङ्कन सम्बन्धी प्रशिक्षण तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले हालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको बारेमा जानकारी दिएका थिए ।कार्यक्रममा बैंकका बिभागीय प्रमुख, क्षेत्रीय तथा शाखा प्रमुख गरि करिब ३५ जनाको सहभागीता रहेको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए । कुल २५ वटा शाखा कार्यालय तथा ८ वटा एटीएम सहित आफ्ना ग्राहकहरु लाई आधुनिक मोबाईल बैंकिङ्ग सेवा अन्तरगत एस.एम.एस बैकिङ्क, फोन पे सेवा,  ईन्टरनेट बैकिङ्ग सेवा तथा कर्पाेरेट तथा क्षेत्रीय कार्यालयहरुबाट लकर सेवा तथा सुनचांदी धितो कर्जा सेवा र ३६५ दिने बैकिङ्क सेवा समेत प्रदान गर्दै आईरहेको विकास बैंकले यहि आ.ब.२०७१÷७२ आश्विन मसान्त सम्म रु. ६ अर्ब ७० करोड निक्षेप संकलन, ५ अर्ब २९ करोड कर्जा लगानीगरि रु. ५ करोड ६ लाख संचालन मुनाफा आर्जन गरेको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
यसैवर्ष सांग्रिला डेभलपमेण्ट बैंक दशांै बर्ष पूरा गरी एघारौं बर्षमा प्रवेश गरेको छ । बैंकको ११ औं वार्षिकोत्सवको अवसर पारि केन्द्रिय कार्यालयमा आयोजित आँखादान कार्यक्रममा उल्लेखनिय सहभागीताका साथ कुल ४० जनाले आँखादान गरेको र केन्द्रिय कार्यालय लगायत कुल ९ वटा कार्यालयहरुमा २९० जनाले रक्तदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए । साविकको पोखराको सांग्रिला डेभलपमेन्ट बैंक र साविकको नेपालगञ्जको बागेश्वरी डेभलपमेन्ट बैंक मर्ज भएपछिको यो पहिलो बार्षिकोत्सव हो ।
बैंकले केन्द्रीय कार्यालय सहित पच्चीस वटा शाखाहरु मार्फत ग्राहकहरुलाई आई बैकिङ्ग तथा एस एम एस बैंकिङ्ग जस्ता आधुनिक बैंकिङ्ग सेवाहरु तथा लकर सेवा, सुनचांदी कर्जा, र ३६५ दिने बैकिङ्ग सेवा, ए टि एम सेवा र कर्जा सेवा प्रदान गरि रहेको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश  थकालीले बताए । 

Post a Comment

 
Top